भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निर्वाचन धाँधली भएको भन्दै उदयपुरमा एमालेसहित १५ उमेदवारले गरे पुनः मतदानको माग


  • मंसिर १२, २०७९
  • 254 Views
निर्वाचन धाँधली भएको भन्दै उदयपुरमा एमालेसहित १५ उमेदवारले गरे पुनः मतदानको माग image

उदयपुर । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै नेकपा एमालेसहितका १५ जना उमेदवारले पुनः मतदानको माग राखेपछि उदयपुरको क्षेत्रनं १ को प्रतिनिधिसभाको मतगणना कार्य अनिश्चित बनेको छ। खसेको मतभन्दा मतपेटिकामा बढी मतपत्र भेटिएको र प्रदेशसभा तर्फको एक सय मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएकाले उमेदवारहरुले निर्वाचन धाँधली भएको आशंका व्यक्त गरेका हुन्।

उनीहरुले आइतबार मुख्य निर्वाचन अकिृतलाई पुनःमतदानको माग राख्दै निवेदन दिएका हुन्। उमेदवारले नै पुनः मतदानको माग राखेपछि मतगणना कार्य अनिश्चित बनेको छ। बिहान ७ बजेदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। पटक–पटकको सर्वदलिय बैठकले बोलाइएपनि निर्णय दिन नसकेपछि गणना कार्य अनिश्चित बनेको हो। प्रतिनिधिसभाको दश वटा मतपेटिका खोल्दा १०० मतपत्र प्रदेशसभा सदस्यको भेटिएको थियो।

एमालेका उमेदवार मन्जुकुमारी चौधरीले प्रदेशसभा ‘खु को भेटिएको मतपत्र प्रदेशतर्फ गणना हुनुपर्ने बताइन्। उनको प्रस्ताव नेपाली कांग्रेसले मानेको छैन्। यो क्षेत्रमा मतगणना कार्य सम्पन्न हुँदा नेपाली कांग्रेसका हिमाल कार्की २ सय १५ मतले विजयी भएका छन्। यद्यपि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छैन।

फरक प्रकृतिको मतपत्र भेटिएकाले निर्वाचन प्रक्रिया धाँधली नै भएको निष्कर्षका साथ एमालेका प्रतिनिधि सभाका उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेशसभा सदस्यका उम्मेदबार कुशलबाबु बस्नेत, इश्वरमणि राउत, राप्रपाका प्रतिनिधि सभाका उम्मेदवार धुर्व रायमाझी, जसपाका उम्मेदबार ज्ञानबहादुर राई, नेकपा मालेका उम्मेदबार रामप्रसाद चौलागाई, नागरिक उन्मुक्ति पार्टीका उम्मेदबार शिवनारायण चौधरी लगायत स्वतन्त्रसहित १५ जनाले पुनः मतदानको माग राखेका हुन्।

निवेदनमा प्रदेशसभा सदस्यमा खसेको मतपत्रभन्दा बढी मतपत्र प्राप्त भएको, एकमुष्ट सय मत गणनाको क्रममा भेटिएकोले निर्वाचनको क्रममा धाँधली भएको भन्दै पुनः मतदानको माग गरिएको छ। उमेदवारहरुले एकै व्यक्तिले दोहोरो मतदान गरेको पटक–पटक गरी १४१ बढी मतपत्र भेटिएको लगायतको आरोप लगाउँदै आएका छन्।
यता नेपाली कांग्रेसले २४ घण्टाभन्दा बढी मतगणना प्रक्रिया अवरोध भएकोमा आपत्ति जनाएको छ। नेपाली काँग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राईले रोकिएको मतगणना तुरुन्त सुचारु हुनु पर्ने बताए।

मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेशतर्फको प्रत्यक्षको मतपत्र भेटिएको पुष्टि गरे। उनले भने, ‘सहमतिका लागि सर्वदलिय बैठक बोलाइएको र निष्कर्ष नआएकाले निर्वाचन आयोगलाई पत्र पठाइएको छ। उक्त निवेदन केन्द्रीय निर्वाचन कार्यालय काठमाडौ पठाइसकिएको जानकारी दिए।

प्रतिनिधि सभाको मतगणनामा पछिल्लो चरण त्रियुगा नगरपालिकाअन्तर्गतका जनता मावि देउरी ६९क०, ६९ख० र ६९ग० केन्द्र, अम्बेबर मावि राजाबास ९९क० केन्द्र, मावि चिलाउने १६९ख० केन्द्र, जनता मावि श्रीपुर ५९क० केन्द्र, बालमन्दिर मावि बोक्से १०९ख० केन्द्र बाक्सा खोलिएको नेकपा एमालेका मत गणनामा खटिएका प्रतिनिधि धर्म तामाङले जानकारी दिए।

त्रियुगा नगरपालिकाबाहेक नारदमुनी आदर्श मावि वर्खेडाँडा ४९क०, शिव मावि सुन्दरपुर ५९ख०, जनता मावि गुरुङचौरी ४९ख० को पनि सँगै मिसाएर खोलिएको तामाङले बताए। उनका अनुसार मत गणनामा २०४ मत कम भेटिएको छ। प्रदेश सभा १९क० मा रुख चिन्ह नभएकोले १ सय मतपत्रमा रुखमा पनि मतदान गरिएको हुँदा त्रियुगा नगरपालिकाकै हुन सक्ने अनुमान गरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.