भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुनसरी १ मा जसपाका अशोककुमार राई निर्वाचित


  • मंसिर १२, २०७९
  • 285 Views
सुनसरी  १ मा जसपाका अशोककुमार राई निर्वाचित image

सुनसरी । सुनसरी क्षेत्र नं १ मा एमालेको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राईले १७ हजार ५९ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ ९सरिन० ले १६ हजार ६ सय ६ मत पाइन् । राई र तामाङले पाएको मतान्तर ४ सय ५३ मात्र रहेको छ ।

गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७, मनोनयन गर्नु एकदिन अघिसम्म कांग्रेसका सक्रिय कार्यकर्ता रहेपनि टिकट नपाएपछि राप्रपाका उम्मेद्वार भएका अशोक राई ९अविरल० ले ७ हजार ८ सय ८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोले ७ हजार ८ सय १२, मेयर हर्क साम्पाङको टिम भनिएका तर्कबहादुर मगरले ३ हजार ८ सय १८ पाए ।

सुनसरी १ मा कुल मतदाता संख्या १ लाख ४१ हजार ७ सय ७८ हजार रहेकोमा ७८ हजार ९ सय ११ हजार मत खसेको थियो । तीमध्ये ७३ हजार २१ मत मात्र सदर भएको थियो । ५ हजार ८ सय ९० मत वदर भएको थियो । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.