भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल


  • पुष १५, २०७९
  • 227 Views
नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल image

काठमाडौं । सत्तारूढ सात दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रम तयारीमा जुटेको छ । पाँच दिनभित्र सरकारको अगामी नीति तथा कार्यक्रम तयारी गर्ने गृहकार्यमा शीर्ष नेता जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारूढ गठबन्धन बैठकले सरकारको नीति तथा कार्यक्रम बनाउने निर्णय गरेको हो । सात दलीय गठबन्धनले नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा अध्यक्षस्तरीय समिति गठन भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

ओलीको अध्यक्षमा गठित समितिमा सत्तारूढ दलका अध्यक्ष रहनेछन् । सो समितिले पाँच दिनभित्र सरकारको नीति तथा कार्यक्रम निर्माण गर्नेछ । सत्तारूढ दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नीति तथा कार्यक्रम तयार नभई सरकारमा नजाने अडान राखेपछि पाँच दिनभित्र सरकारको नीति तथा कार्यक्रम तयार गर्न अध्यक्षस्तरीय संयन्त्रलाई जिम्मा दिइएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १ सय ६९ सांसदको समर्थनमा सरकार गठन भएको हो । एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा, जनता समाजवादी पार्टी नेपाल जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र आगामी २९ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने विषयमा सामान्य छलफल भएको छ । मन्त्रिपरिषद् विस्तार’दयगत जानकारी दिँदै प्रवक्ता लामिछानेले ‘क्षमताका आधारमा सांसदलाई जिम्मेवारी दिने’’दयगत शीर्ष नेता सहमत रहेको बताए । संसद्बाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् ।

प्रदेश मुख्यमन्त्री र प्रदेश सरकार गठन’दयगत पनि दलबीच छलफल जारी छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका गर्दै आएका छन् । रास्वपाले ४, राप्रपा र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी रहेको छ । प्रचण्डलाई समर्थन गरेर स्वतन्त्र सांसदले समेत मन्त्रीको दाबी गर्दै आएका छन् । स्रोतका अनुसार विश्वासको मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रालय भागबन्डा गरेर अगाडि बढनेछन् ।

तर, त्यसअघि नै पार्टीहरूले पाउने मन्त्रालय टुंगो लगाउनुपर्ने दबाबसमेत प्रचण्डलाई छ । विश्वासको मत लिन अझै १५ दिन बाँकी रहेकाले राजनीति उथलपुथल हुने सम्भावनाका कारण पनि प्रचण्ड मौन बसेका छन् । सरकार गठन गर्दै तीन उपप्रधानमन्त्री नियुक्त गरेपछि उनको आलोचना हुन थालेको छ । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकार उपप्रधानमन्त्रीविहीन थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २५ पुसमा प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् । प्रतिनिधिसभा दोस्रो बैठक २९ पुसमै बोलाउने र त्यही दिन विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्नेगरी प्रधानमन्त्रीको सचिवालय गृहकार्यमा जुटेको छ । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.