भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बौद्धधर्मालम्वीले आज तोला लोसार मनाउँदै


  • पुष १५, २०७९
  • 260 Views
बौद्धधर्मालम्वीले आज तोला लोसार मनाउँदै image

काठमाडौँ । नयाँ वर्ष अर्थात् तोला लोसार पर्व बौद्धधर्मालम्वीहरुले आज भव्यरुपमा मनाउँदै आएका छन् । बाघ ९तक लो० वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष ९हे लो० मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर लोसार मनाउँदै आएका छन् । तोला लोसार लाई विशेष गरी गुरुङ समुदाय तमु लोसारको नाम दिएर विशेष प्राथमिकताका साथ मनाउँदै आएका छन् ।

सरकारले समेत तमु लोसार भनी शुक्रवार सार्वजनिक बिदा दिएको छ । बुधवार देखिनै काठमाडौँको टुँडिखेल लगायत देशैभर तमु समुदायले विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएका छन् । बौद्धधर्म अन्तर्गत महायानी सम्प्रदायमा सम्बोडा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो ९दतु० मा तिथि मिति परिवर्तन भई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष मनाउनु नै लोसार पर्व मान्नु हो । ‘लो’ को अर्थ वर्ष र ‘सार’ को ‘अर्थ’ बाट ‘लोसार’ शब्दको उत्पत्ति भएको तथ्य छ ।

क्रमिक रूपमा १२ वटा वर्ष ९लो० परिवर्तन हुँदा लोसार पनि सोही अन्तर्गत रहेर मनाउने गरेको नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सेर्की शेर्पाले बताउनुभयो । उहाँका अनुसार बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेडा गरी १२ वर्षमा एक पटक लो ९वर्ष० परिवर्तन हुने गर्छ। त्यसै अन्तर्गत यो वर्ष त्यसैले हिम वत् खण्डबाट सुरु भएको बाघ वर्ष समाप्त भएर बिरालो वर्षको सुरुवात भएको हो ।

आचार्य शेर्पाका अनुसार पात्रोअनुसार कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ। यी चारै नयाँ वर्ष ९लोसार० बौद्धधर्मालम्बीले परम्पराको रूपमा मान्दै आएका छन्। सीमित समुदाय भन्दा पनि लोसार बौद्धधर्मालम्वीहरुले मनाउने पर्व हो तर पछिल्लो समय जातीय रूपमा प्राथमिकता दिने गरेको उहाँको भनाई छ ।लोसारमा नौ प्रकारका पदार्थ मिसाएर पकाइएका खाना गुथुक, खप्स, फलफूल र जात विषेशको नयाँ नयाँ खानाका परिकारहरू खाएर शुभकामना साटासाट गरी विश्वभर लोसार मनाउने गरेको पाइन्छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.