भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद, पाँच लाख डोज खोप दिने चीनको घोषणा


  • माघ २४, २०७७
  • 801 Views
नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद, पाँच लाख डोज खोप दिने चीनको घोषणा image

काठमाडौं । चीनले नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार टेलिफोन संवादका क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले अनुदानमा पाँच लाख डोज खोप दिने घोषणा गरेका हुन् । आइतबार चिनियाँ राजदूतावासले नेपाललाई तीन लाख डोज खोप दिने निर्णय भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

परराष्ट्रमन्त्रीस्तरीय टेलिफोन संवादमा चीनले दुई लाख डोज थप दिने घोषणा गरेको हो । ‘चीनमा परराष्ट्रमन्त्री वाङ यीले खोप सहयोग गर्ने सन्दर्भमा चीनले नेपाललाई प्राथमिकतामा राखेको बताउनुभएको छ र पाँच लाख डोज खोप अनुदानमा नेपाललाई दिने घोषणा गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ।

साँझ भएको टेलिफोन संवादमा दुवै देशका आपसी हितमा आधारित विषयहरूमा छलफल भएको पनि परराष्ट्रले जनाएको छ । अर्को छिमेकी भारतले यसअघि नै १० लाख डोज कोभिड खोप उपलब्ध गराइसकेको छ । खोप प्रयोगमा आइसकेको छ । खोप सहयोगका लागि परराष्ट्रमन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिएका छन् । खोपलाई चीनले वैश्विक सार्वजनिक सामग्रीमा रूपमा सूचीकृत गरेकोमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले प्रशंसा गरेका छन् ।

चीनले नेपाललाई उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । दुईपटक खोप लगाउँदा यसले ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाइसकेको छ । खोपले ९९ दशमलव ५२ प्रतिशत एन्टिबडी बनाएको छ । हालसम्म चिनियाँ खोपको अढाई करोडभन्दा बढी डोज प्रयोगमा आइसकेको छ । नेपाललाई चीनले दिने खोपले करिब दुई लाखजनालाई लगाउन पुग्नेछ ।

नेपालले अनुदानमा खोप उपलब्ध गराइदिन भारत, चीन, अमेरिका, बेलायत, रुस, जर्मनी र फ्रान्सलाई कूटनीतिक पत्राचार गरेकोमा भारतबाट खोप आइसकेको छ । चीनबाट पाँच लाख डोज आउने निश्चित भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेलायतले भारतसँग समन्वय गरेर खोप उपलब्ध गराउने वचन दिएको छ ।

रुसले स्पुतनिक खोप दिने जानकारी दिएको छ, तर विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउन बाँकी रहेका कारण नेपाल लिने मुडमा छैन । अमेरिका, जर्मनी र फ्रान्सले खोपका सम्बन्धका ठोस प्रतिबद्धता जनाएका छैनन् । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.