भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

यात्रु आएनन्…


  • आश्विन ७, २०७७
  • 360 Views
यात्रु आएनन्… image

विराटनगर । लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र सञ्चालनमा आएको छ । यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह त थपिएको छ तर सडक यातायात प्रति सर्वसाधारणको विश्वास जाग्न सकेको छैन । यात्रुको अभावमा बसपार्कबाट छु्टेका बस रित्तै हुने गर्छन् । ‘यात्रु भेटिँदैनन्, बाटो नै सुनसान हुन्छ, तेल खर्च उठिरहेको छैन’ ।

विराटनगरदेखि उदयपुरको बेलकासम्म जाने यात्रुबाहक बसका चालक रामबहादुर खड्काले भन्नुभयो । ३१ सिट भएको यो बसमा सात–आठ जना मात्रै यात्रु चढ्ने गरेको खड्काको भनाइ छ । स्वास्थ्य मापदण्ड अनुसार पनि १६ जनासम्म यात्रु राख्न सक्ने भए पनि बाटामा यात्रु नभेटिने गरेको चालक खड्काले बताउनुभयो । विराटनगर बसपार्कमा रहेको ट्राफिक बिटको तथ्याङ्कमा पछिल्लो तीन दिनमा दैनिक १२० को हाराहारीमा मात्रै बस छुट्ने गरेको देखिन्छ ।

बन्दाबन्दीअघि विराटनगर बसपार्कबाट सामान्य अवस्था रहँदा लामो तथा छोटो दूरीका दैनिक २५० देखि २८० बस छुट्ने गरेका थिए । मङ्गलबार विराटनगरबाट लामो दूरी अन्तर्गत काठमाडौँका लागि छ, भैरहवाका लागि एक, नारायणगढका लागि दुई र नेपालगञ्जका लागि एउटा बस छुटेको छ  । आन्तरिक उडान खुलेपछि विराटनगर–काठमाडौँ चल्ने बसको सङ्ख्या अझै घटेको छ ।

हवाई मार्ग खुल्ला गरिएको र भाडादर अति न्यून भएका कारण काठमाडौँ जाने यात्रुले बसलाई भन्दा हवाइजहाजको यात्रालाई छान्न सक्ने विकल्प रहेको सुनौलो पूर्व नेपाल यातायातका राजु धमलाको भनाइ छ । बसमा ५० प्रतिशत भाडा बृद्धि गरेर ५० प्रतिशत नै यात्रु राख्नुपर्ने नियम छ । लामो दूरी भएका कारण सुरक्षित खानपिन र उठबस जस्ता कुरामा अति सावधानी अपनाउनुपर्ने बाध्यताले पनि यात्रुले हवाइमार्गलाई नै रोज्ने गरेको धमलाले बताउनुभयो । गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.