DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : कहाँ हुँदैछ, हिमपात र बर्षा ?


  • माघ २४, २०७७
  • 546 Views
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : कहाँ हुँदैछ, हिमपात र बर्षा ? image

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल आंशिकदेखि सामान्य बदली रहेको छ। शनिबार दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भू(भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ। राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

आइतबार दिउँसो देशका पहाडी भूभागहरुका आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ। सोमबार देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले उच्च पहाडी तथा हिमाली भु(भागका केही स्थानहरुमा हल्का हिमपात तथा सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश न १ र बागमती प्रदेशमा बदली भै हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। अन्नपूर्ण दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.