भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पिसिआरमा अस्पताल र प्रयोगशालाको ठगी


  • कार्तिक १५, २०७७
  • 936 Views
पिसिआरमा अस्पताल र प्रयोगशालाको ठगी image

परीक्षणको अनुमति नै नपाएको नेपाल–भारत मैत्री अस्पतालले उठायो पिसिआर परीक्षण शुल्क २५ सय, कोरोना उपचारका नाममा पनि केही घन्टामै ३७ हजारको बिल सरकारले तोकेको मूल्यभन्दा बढी रकम उठाएर कोरोना परीक्षणमा निजी अस्पताल र प्रयोगशालाहरूले लुट गरिरहेका छन् ।

सरकारले पिसिआर परीक्षण शुल्क दुई हजार तोके पनि उनीहरूले कम्तीमा दुई हजार चार सयसम्म लिइरहेका छन् । सरकारले पिसिआर परीक्षणको शुल्क दुई हजार तोकेको छ । तर, निजी अस्पताल र प्रयोगशालाहरूले दुई हजार पाँच सयसम्म शुल्क लिइरहेका छन् । त्रिभुवन विश्वविद्यालयका बायोटेक्नोलोजिस्ट प्राध्यापक डा. गिरी त्रिपाठीका अनुसार हाल पिसिआर परीक्षणका लागि आवश्यक किटको मूल्य निकै घटेको छ ।

उनका अनुसार जनशक्तिसहित नेपालमा सबै खर्च जोड्दा एक हजार चार सय ५० रुपैयाँ ९१२ डलरसम्म लिँदा सबै खर्च उठ्छ । विज्ञहरूका अनुसार अहिले निजी प्रयोगशालाहरूले अत्यन्तै कमसल अर्थात् प्रतिकिट आठ सय ३२ रुपैयाँ (सात डलर) मूल्यका प्रयोगमा ल्याएका छन् । अझ पिसिआर परीक्षणकोे अनुमति नै नपाएको नेपाल–भारत मैत्री अस्पतालले समेत कोभिडको नाममा बिरामी ठगिरहेको छ ।

अस्पतालले २९ असोजमा दाङका ५७ वर्षीय पुरुषलाई केही घन्टा भर्ना गरेर ३७ हजार चार सय ४५ को बिल बनाएको छ । २५ हजार डिस्काउन्ट गरेर १२ हजार चार सय ४५ असुलेको छ । स्वास्थ्य मन्त्रालयले नै अस्पतालको बिल नयाँ पत्रिकालाई उपलब्ध गराएको छ । तैपनि कारबाही गर्नुको साटो मन्त्री र सचिव नै अस्पतालको संरक्षणमा लागेका छन् ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनीले दुई हजारभन्दा बढी शुल्क लिएका प्रयोगशालामा चाबी लगाउने बताए । ‘दुई हजारभन्दा बढी रकम लिएको बिल फेला परे हामी कुनै पनि हालतमा त्यस्ता प्रयोगशालामा ताला लगाउँछौँ,’ डा. लोहनीले भने । नयाँपत्रिकाबाट ।

 


Thali Mobile Pvt.Ltd.