भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१५ करोड मूल्य बराबरको जग्गा विद्यालयलाई दिने महान् गुरुङ परिवार


  • माघ १७, २०७९
  • 275 Views
१५ करोड मूल्य बराबरको जग्गा विद्यालयलाई दिने महान् गुरुङ परिवार image

उदयपुर । यो ठाउँको नाम एकजना महान् व्यक्तिको त्याग र बलिदानले ‘गुरुङचौरी’ रहन गएको हो’, प्रधानाध्यापक ९प्रअ० सम्मर राईले कार्यक्रमको सुरुमै शिर निहुराएर नमन् गरे, ‘यस्ता महान् व्यक्ति पनि योे समाजमा छन् भन्दा अचम्म लाग्न सक्छ तर, अचम्म नमान्नुहोस्, तिनै महान् व्यक्तिले गर्दा यो नगरकै नमूना विद्यालय बन्न सकेको हो।’

उदयपुरको बेलका नगरपालिका ४ स्थित जनता नमूना मावि गुरुङचौरीको प्रांगणमा सोमबार आयोजित कार्यक्रममा प्रअ राईले जग्गादाता चन्द्रबहादुर गुरुङ पुत्रहरु निरकाजी, अर्जुनकाजी, छोरी गङ्गामाया र बुहारी सकुन्तला तथा ज्वाँई खड्गबहादुर गुरुङप्रति श्रद्धा व्यक्त गरे।

गुरुङ परिवारले दिएको ४ बिगाहा १३ कठ्ठा जमिनमा स्थापित विद्यालय हाल जिल्लाकै नमूनायोग्य हुनेतर्फ अग्रसर रहेको भन्दै उनले यस्तो महानता देखाउने गुरुङ परिवारको मुक्त कण्ठले प्रसंसा गरे। बेलका नगरप्रमुख अशोक कार्कीले जग्गादाता परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै १५ करोडभन्दा बढी मूल्यको जग्गा दिएकाले यो विद्यालय बेलकाकै नमूना र अगुवा शिक्षण संस्थाको रुपमा सञ्चालनमा रहेको बताए।

उनले अहिलेको स्वार्थी जमानामा यत्ति ठूलो त्याग गर्ने महान् व्यक्तिहरु विरलै पाइने भन्दै जग्गादाता परिवारको माग अनुसार शालिक निर्माण गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘यत्ति धेरै मूल्यको जमिन विद्यालयलाई दिने गुरुङ परिवारको जत्ति प्रशंसा गरे पनि कमै हुन्छ’, मेयर कार्कीने धन्यबाद दिदै भने, ‘त्यसैले उहाँहरुको माग अनुसार विद्यालय हातामा जग्गादाता चन्द्रबहादु्र गुरुङको शालिक निर्माण गर्न नगरपालिकाबाट हुने सबै खाले सहयोग गर्न म तयार छु्।’

जग्गादाता पुत्र अर्जुनकाजीले स्वर्गीय बाबुको नाममा सोमबारै विद्यालयलाई अक्षय कोष पनि खडा गरिदिएका छन्। त्यहाँ पढ्ने विद्यार्थीको शैक्षिक भविष्यका लागि स्थापना गरिदिएको कोषका लागि कार्यक्रमस्थलमै अर्जुनकाजी र श्रीमति सकुन्तलाले २ लाख २२ हजार २ सय २२ रुपैँया नगद प्रअ राईलाई हस्तान्तरण गरे।

सो अक्षय कोषमा छोरी गङ्गा र ज्वाँई खड्गबहाद्रले पनि कार्यक्रममै २५ हजार थपिदिएपछि अक्षयकोषको रकम २ लाख ४७ हजार २ सय २२ रुपैँयाको हुन पुगेको छ। अक्षयकोष स्थापनापछि बोल्दै जग्गादाता गुरुङले जमिन फँडानी गर्दा हजारौँ हरिया रुख विरुवा काटेर पाप गरेको भन्दै पवित्र शिक्षण संस्थालाई जग्गा दान दिएर पुन्य कमाउन खोजेको बताए। उबेला फँडानी गरेको स्मरण गर्दै गुरुङले भने, ‘त्यसबेला धेरै हरिया रुख विरुवा ढालेर पाप गरेजस्तो लाग्यो, त्यसबलै यो सबै जग्गा स्कुललाई दिएर प्रायश्चित गर्न खोजेको हुँ।’

गुरुङले ४ बिगाहा १३ कठ्ठा जमिन भए पनि धेरैतिरबाट अतिक्रमण भएर अहिले घटेको सुन्दा दुःख लागेको बताए। उनले अब थप अतिक्रमण हुन नदिन मेयर, प्रअ र अध्यक्षलगायत विद्यालय परिवारलाई आग्रह गरे। आफुहरु विद्यालयको थप प्रगति र उन्नति हेर्न चाहेकाले बाबुको नाममा अक्षय कोष स्थापना गरिदिएको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले स्कुलजस्तो पवित्र शिक्षण संस्थालाई करोडौँ मूल्यको जग्गा अतिक्रमण हुँदै निशुल्क दिने गुरुङ परिवारलाई धन्यवाद दिँदै आभार व्यक्त गरे। तर, जग्गा धेरैतिरबाट अतिक्रमण भएर खुम्चन पुगेको भन्दै सुरक्षा गर्न २ वर्षअघि घेराबार ९कम्पाउण्ड वाल० लगाएको बताए। स्कुलको जमिन चारैतिरबाट अतिक्रमण हुँदै घरहरु बन्न थालेपछि घेराबेरा गरेर सुरक्षित गर्नु परेको तामाङले बताए।

अध्यक्ष तामाङले हालको प्रशासनिक भवनको बायाँपटि निर्माणाधीन फुलबारीलाई जग्गादाताको नाममा ‘चन्द्र बगैँचा’ नामाकरण गर्दै बगैँचा परिसरमा स्वर्गीय चन्द्रबहादु्र गुरुङको शालिक निर्माण गर्ने घोषणा गरे। उनले शालिक निर्माणका लागि आवश्यक बजेट सहयोग गर्न कार्यक्रमका प्रमुख अतिथि मेयर कार्कीसमक्ष आग्रह गरे। विगत ३ वर्षयता उत्कृष्ट नतिजा निकाल्दै आएको जनता नमूना मावि गुरुङचौरीलाई निकट भविष्यमा प्रदेशकै औँलामा गन्न सक्ने विद्यालयमा रुपान्तरण गर्ने प्रतिबद्धता पनि अध्यक्ष तामाङको थियो।

जग्गादाता चन्द्रबहादुरका छोराहरु निरकाजी र अर्जुनकाजी गुरुङ वर्षौँअघि त्यहाँबाट बसाई सरिसकेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ६ स्थायी घर भएका उनीहरु केहीवर्ष गुरुङचौरीमा बसोबास गरे पनि हाल भक्तपुर र धरानमा स्थायी बसोबास गर्दै आएको प्रअ राईले बताए। राईले गुरुङ परिवारले स्थापना गरिदिएको अक्षय कोषको रकम घुम्तीकोषमार्फत परिचालन गरेर त्यसवापतको व्याजबाट हुने आम्दानी वर्षेनी जेहेन्दार, गरिब तथा दलित बिपन्नलाई छात्रबृत्ति दिने घोषणा पनि गरे। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.