भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी


  • जेष्ठ ११, २०७९
  • 418 Views
पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी image

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा ९एकीकृत समाजवादी० र उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०विजयी भएको छ। एमालेका कृष्ण बहादुर थापालाई पराजित गर्दै सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार बनेका धनराज आचार्य मेयर पदमा विजयी भएका हुन्।

आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत ल्याएका छन्। उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेवदवार कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ विजयी भएकी हुन्।

गुरुङले ६० हजार ५४६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी रानाभाटले ५६ हजार ६६३ मत ल्याएकी छन्। २०७४ सालमा पोखरामा एमालेका मानबहादुर जिसी र मञ्जुदेवी गुरुङ मेयर र उपमेयर निर्वाचित भएका थिए। गुरुङ यसपालि फेरि उपमेयर दोहोरिएकी छिन्। अन्नपूर्ण पोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.