भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बागध्वज पक्रन जंगलमा छापा


  • पुष २, २०७७
  • 648 Views
बागध्वज पक्रन जंगलमा छापा image

खोटाङ । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा छापा मारेर प्रहरीले विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसिरहेको अवस्थामा छापा मारेर प्रहरीले सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ लाई पक्राउ गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रातको समयमा छापा मारी भरुवा बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामानसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।

प्रहरीले उनको साथबाट विभिन्न कम्पनीका सिमसहितका मोबाइल, प्रयोगमा ल्याइएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात् नखोलिएका १२ थान सिम, दुई वटा ट्यांकलगायतका बन्दोबस्तीका सामान बरामद गरिएको जनाएको छ । उनीमाथि हातहतियार, खरखजाना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.