भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निर्माण व्यवसायी काममा फर्किए , सबै ठेक्काको काम सुचारु


  • पुष २, २०७७
  • 641 Views
निर्माण व्यवसायी काममा फर्किए , सबै ठेक्काको काम सुचारु image

काठमाडौँ । करिब नौ महिनापछि निर्माण व्यवसाय सुचारु भएको छ । कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ देखि बन्दाबन्दी भएपछि निर्माण व्यवसाय ठप्प थियो । साउनदेखि बन्दाबन्दी खुला भए पनि निर्माण व्यवसाय सुचारु हुन सकेको थिएन । वर्षा र चाडपर्व सकिएपछि मङ्सिर अन्तिममा व्यवसायी आआफ्नो निर्माण क्षेत्र ९साइट०मा फर्किएका छन् । निर्माण कार्यको सिजन सुरु भएकाले व्यवसायीले काम सुरु गरेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । लामो समय बन्द भएकाले काम सुचारु गर्न आर्थिक हिसाबले पनि गाह्रो परेको महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव रोशन दाहालले भन्नुभयो, “निर्माणको काम सुचारु भएको छ । सबै निर्माण व्यवसायी काममा फर्किएका छन्, निर्माणसम्बन्धी सबै ठेक्काको काम सुरु भएको छ । ” निर्माण साइटमा कामदार खटिइसकेको दाहालले जानकारी दिनुभयो । गिट्टी, बालुवा पनि सहज हुन लागेको महासङ्घले जनाएको छ । क्रसर उद्योग चलाउने तयारी भएकाले गिट्टी बालुवाको आपूर्ति सहज हुने उहाँको भनाइ छ । तर महासङ्घले उठाउँदै आएका माग भने सम्बोधन भइसकेका छैनन् ।

आयोजनाको म्याद थप, धरौटी रकम बैङ्क ग्यारेन्टी राखेर चलाउन पाउनुपर्ने र निर्माणस्थलमा स्वास्थ्य प्रोटोकलको मापदण्डको टुङ्गो लागिनसकेकाले व्यवसायीमा अन्योलता भने कायम रहेको महासचिव दाहालको भनाइ छ । विगत नौ महिनादेखि निर्माण आयोजनाका काम ठप्प भएकाले यसबीचमा सम्झौता सकिएका आयोजना पनि छन् । करिब छ हजार आयोजना अर्थात् ८० प्रतिशत आयोजनाको म्याद थप गर्नुपर्ने बाध्यता छ । सरकारले बन्दाबन्दीको अवधिमा म्याद सकिएका र बन्दाबन्दीमा सम्झौता भएका आयोजनाको म्याद छ महिना थपको थियो तर त्यसअघिका आयोजनाको म्याद सकिएको र केही सकिने अवस्थामा रहेकाले सबै आयोजनाको एक वर्ष म्याद थप्नुको विकल्प नभएको महासङ्घले जनाएको छ ।

कोरोना प्रभावमा परेको अर्थतन्त्र चलायमान बनाउन पनि निर्माण कार्य सुचारु गरिएको महासङ्घले जनाएको छ । ठप्प भएको निर्माण कार्य सुचारु गर्न व्यवसायीले करिब ६५ अर्ब रुपियाँको जोहो गर्नुपर्ने समस्या छ । त्यसका लागि व्यवसायीको हरेक बिलबाट ५ प्रतिशत कटौती गरी धरौटीबापत जम्मा भएको २५ अर्ब रुपियाँ खर्च गर्ने व्यवस्थाको महासङ्घको माग गर्दै आएको छ । व्यवसायीकै सो रकम खर्च गर्नका लागि व्यवसायीले बैङ्क ग्यारेन्टी दिन्छौँ, भनेका छन् ।
व्यवसायीले कोरोना महामारीको स्वास्थ्य प्रोटोलकको निश्चित मापदण्डको पनि माग गरेका छन् ।

विभिन्न जिल्लामा गएर काम गर्नुपर्ने भएकाले निर्माणस्थलमा निश्चित मापदण्ड तोकिनुपर्ने महासङ्घले जनाएको छ । निर्माणस्थलमा कतिजना मजदुरले काम गर्न मिल्ने रु लगायतका मापदण्ड नहुँदा व्यवसायीमा अन्योल कायमै छ । म्याद थप र धरौटीबापतको रकम निकासाका लागि व्यवसायीको मागअनुसारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ । प्रधानमन्त्री कार्यालयबाट सो फाइल सार्वजनिक अनुगमन कार्यालयमा पुगेको छ । पुनः प्रधानमन्त्री कार्यालयमा पठाएपछि सो फाइल मन्त्रिपरिषद्मा पेस हुनेछ । महासचिव दाहाल भन्नुहुन्छ, “हामीले बारम्बार पहल गरिरहेका छौँ तर ढिलाइ भइरहेको छ । हामीले काम त सुरु ग¥यौँ तर म्याद थप र धरौटीबापतको रकम खर्च गर्ने व्यवस्था भएन भने आयोजना समयमै सम्पन्न गर्न निकै गाह्रो हुने निश्चित छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.