भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण


  • माघ २२, २०७९
  • 289 Views
बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण image

दाङ । बालविवाह न्यूनीकरण गर्न दाङमा धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ। तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो। यस्ता कार्यक्रम १९ वटै वडामा सञ्चालन हुने जनाइएको छ।

उपमहानगरपालिकाका १० वटामा धर्मगुरुलाई सचेत पारिने तथा अन्य वडामा र्‍याली गरिनेछ। ुबालविवाह न्यूनीकरण हुनसकेको छैनु, सहायक महिला विकास निरीक्षक पुष्पा शर्माले भनिन्, ुत्यसैले हामीले यो अभियान चलाउने गरेका छौँ।ु

विवाह गराउने भनेको धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूले नै रहेको भन्दै उमेर नपुगी आउने विवाहलाई रोक्नुपर्ने भन्दै सचेत बनाएको उनले बताइन्। विवाह गरेर आउने जोडीको नागरिकता हेरेरमात्रै आवश्यक कार्य गर्दा बालविवाह रोकिने भन्दै यसमा धर्मगुरुहरूकै बढी हात हुने उनको भनाइ छ।

तुलसीपुरको काकिला मन्दिर र कृष्ण मन्दिरमा नागरिकता हेरेर विवाह गर्ने निर्णय नै भएको भन्दै सबै मन्दिर तथा गाउँघरमा गरिने विवाहमा पनि पण्डितहरूले नागरिकता हेर्ने गर्नुपर्ने बाल अधिकारकर्मी नवराज लामिछानेले बताए। उनले भने, ुबालविवाह गराएमा पण्डितलाई पनि मुद्दा चल्छ, त्यसैले सचेत हुनुपर्छ। पण्डितहरू सचेत भए बालविवाह धेरै न्यून हुन्छ।

सम्बन्धित वडाको सहआयोजना तथा युनिसेफको समन्वयमा कार्यक्रम भइरहेको उनले बताए। तुलसीपुरका चारवटा वडा बालमैत्री वडा घोषणा भइसकेका छन्। अन्नपूर्ण पोष्ट देनिकबाट….

 


Thali Mobile Pvt.Ltd.