भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

यूएईमा नेपालीलाई ८२ करोडको चिट्ठा


  • माघ २२, २०७९
  • 270 Views
यूएईमा नेपालीलाई ८२ करोडको चिट्ठा image

काठमाडौँ, माघ २२ गते । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जित्नुभएको छ । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जित्नुभएको हो । उहाँले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काट्नुभएको थियो ।

उहाँले भन्नुभयो, “चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइभ हेर्दै थिएँ । ग्राहक आएपछि काममा लागेँ । काम सकिएपछि फेरि भिडियो हेर्दा थाहा भयो, २३ मिलियन दिरामको पुरस्कार मैले जितेछु।”

मध्यमवर्गीय परिवारका पालले यो पुरस्कार जित्दा खुसी भएको बताउँदै अहिले गर्दै आएको कामलाई निरन्तरता दिने प्रस्ट्याउनुभयो। उहाँले भन्नुभयो, “म कतार आएको सात वर्ष भयो। पहिले हिमाल रेमिटको प्रतिनिधिको जिम्मेवारीमा थिएँ। केही समययता म इस्टर्न मनी एक्सचेन्ज सनैयामा कार्यरत छु। काम छोड्ने कुनै योजना छैन।”

लामो प्रयासपछि पुरस्कार

विजेता पालको समूहमा २० जना साथी हुनुहुन्छ। त्यसमा चार जना नेपाली र अरू विदेशी हुन्। उहाँहरूले एक वर्षयता चिठ्ठा भर्दै आउनुभएको थियो। पालले यस पटक आफ्नो नामका काट्दा भाग्यचिठ्ठा परेको बताउनुभयो। यूएईमा कार्यरत पत्रकार उमाकान्त पाण्डेका अनुसार आबुधाबी विमानस्थलस्थित ‘ड्युटी फ्री’अन्तर्गतको बिग टिकटले खुलाउने चिठ्ठाको एउटा टिकट काट्दा पाँच सय दिराम पर्छ, जुन झन्डै १८ हजार रुपियाँ हो।

उहाँले भन्नुभयो, “सबैको पहुँचले भ्याउँदैन। पालजीले पनि २० जना साथीसँग मिलेर चिठ्ठा भर्दै आउनुभएको रहेछ। कतिपयको पैसा जान्छ पनि, उहाँका लागि सुखद संयोग भयो, उहाँले पुरस्कार जित्नुभयो।”

‘पैसा बाँड्छौँ’

चिठ्ठा विजेता पालले जितेको रकम सबैलाई बराबर बाँड्ने बताउनुभयो। उहाँले सबै साथी सामान्य परिवारकै रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “म भुइँमान्छे हुँ। मेरो नामको टिकट काट्दा चिठ्ठा प(यो। टिकट काटेका सबै साथीलाई सुनाइसकेँ। हामी सबै खुसी छौँ।” उहाँले जितेको पैसा कानुनबमोजिमै नेपाल पठाउने बताउनुभयो। उहाँले भन्नुभयो, “बिग टिकटबाट फोन आयो। कागजपत्र सबै बुझाएको छु। रकम पाएपछि बाँड्छौँ।” गोरखा पत्र दैनिकबाट…..

 

 


Thali Mobile Pvt.Ltd.