भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बाहिर जिल्लाबाट आउने मान्छे क्वारेन्टाइनमा बसेनन्


  • आश्विन २४, २०७७
  • 502 Views
बाहिर जिल्लाबाट आउने मान्छे क्वारेन्टाइनमा बसेनन् image

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ। शुक्रबार २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये सक्रिय संक्रमित २७ हजार ५३ जना छन्। ७३ हजार २३ जना निको भइसकेका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय नाघिसकेको छ।

शुक्रबार मात्रै १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। पछिल्लो दिनमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। तीमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामै थपिइरहेका छन्। जनस्वास्थ्यविद् डा। समीरमणि दीक्षित अहिलेको स्थिति आउनु स्वाभाविक रहेको बताउँछन्। ‘कोरोना संक्रमण पूरै रोकिने अवस्था थिएन’, डा। दीक्षित भन्छन्, ‘पूर्णरूपले रोक्छौं भन्ने सोच नै गलत थियो।’ सबै नागरिकलाई थुनेर राख्ने सम्भावना नभएकाले कोरोना फैलिनु स्वाभाविक भएको उनी बताउँछन्। उनका अनुसार सरकारले राम्ररी काम गर्न सकेको भए संक्रमितको संख्या यति धेरै हुँदैनथ्यो।

सरकार परीक्षणमै चुकेको उनको ठम्याइ छ। ‘मुख्यतः हामी परीक्षणमा चुकेका हौं’, उनी भन्छन्, ‘परीक्षण जति गर्नुपथ्र्यो त्यति गर्न सकेनौं। पर्याप्त परीक्षण गरेको भए संक्रमितको संख्या ५० हजारमा सीमित हुन सक्थ्यो।’ परीक्षण गर्ने तरिका पनि उपयुक्त नभएको डा. दीक्षितको ठम्याइ छ। ‘हामीले जोखिमका क्षेत्रहरूमा गएर परीक्षण गरेनौं’, उनी भन्छन्, ‘त्यसो गरेको भए मृत्युदर पनि कम हुन्थ्यो।’ यसबाहेक सीमामा आवतजावत रोक्न नसक्नु, क्वारेन्टाइन व्यवस्थापन नगर्नुले संक्रमणको यो स्थितिमा आइपुगेको उनको बुझाइ छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन मुख्यतः परीक्षण, आवतजावत, क्वारेन्टाइन, आइसोलेसन, आरडीटीको अलमलले यो स्थितिमा ल्याएको बताउँछन्। ‘हामीले सुरुका दिनमा हवाई मार्ग बन्द गरे पनि भारतबाट त्यति धेरै मान्छे आउँछन् भनेर सोचेनौं’, डा। पुन भन्छन्, ‘मुख्यतः हामी चुकेको यहाँ पनि हो। मान्छे ह्वारह्वार आए। त्यसमा क्वारेन्टाइन व्यवस्थापन गर्न सकेनौं। त्यहींबाट सुरु भएको हो।’ अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.