DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बिरामी छन् सरकारी अस्पताल


  • मंसिर १६, २०७७
  • 584 Views
बिरामी छन् सरकारी अस्पताल image

उदाहरण

जिल्ला : आठ डाक्टरको दरबन्दी भएको हुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा सञ्चालित

प्रदेश : प्रादेशिक अस्पताल जनकपुरमा ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर एउटा पनि पदपूर्ति छैन

केन्द्र : वीर र शिक्षण अस्पतालमा नै चिकित्सकको अभाव, ४० घन्टा ड्युटी तोकिएका डाक्टर ९६ घन्टासम्म सेवामा

महामारीमा गत चैतमा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएको थियो । ३५ लाखमा बन्ने प्लान्ट ९ महिनासम्म बन्न सकेन

काठमाडाैं । सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ । तर, जिल्लादेखि केन्द्रसम्म भएका अस्पतालमा जनशक्ति पु¥याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन ।भैरहवास्थित भीम अस्पताल र जाजरकोट अस्पतालमा सरकारी दरबन्दीका एकजना डाक्टर पनि छैनन् । जब कि भीममा ११ जना र जाजरकोटमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ ।

त्यस्तै, आठ डाक्टरको दरबन्दी भएको जुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा चलिरहेको छ । प्रदेशस्तरका अस्पतालमा ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एउटा पनि पदपूर्ति छैन । भैरहवास्थित भीम अस्पताल करारमा नियुक्त डाक्टरको भरमा चलिरहेको छ । विद्यार्थीलाई करारमा भर्ना गरेर विशेषज्ञ डाक्टरको आवश्यकता पूरा गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा। शकुन्तला गुप्ताले बताइन् ।

पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले भीम अस्पताललाई कोभिड अस्पताल बनाएको थियो । त्यससँगै करारमा डाक्टर भर्ना गरेर अस्पताललाई व्यवस्थित गराउन थालिएको मेडिकल सुपरिटेन्डेन्ड डा। गुप्ताको बताइन् । अस्पतालमा उपलब्ध उपकरणअनुसार सबै परीक्षण हुने गरेको सूचना अधिकारी डा। नारायण पोख्रेलले बताए ।

‘ल्याबमा स्थायी कर्मचारी नै छन्, अस्पतालमा परीक्षण गराउन आउने बिरामीहरूको सुरुको सबै परीक्षण गर्न सकिन्छ,’ उनले भने । त्यस्तै, सरकारले उपलब्ध गराएका ७३ वटै निःशुल्क औषधि अस्पतालले उपलब्ध गराएको सूचना अधिकारी पोख्रेलले बताए । जाजरकोट अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ६३ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, एकजना डाक्टरको पनि पदपूर्ति गरिएको छैन ।

अस्पतालले एकजना एमडी डाक्टर नियुक्त गरेको छ । छात्रवृत्ति कोटामा पढेका तीन मेडिकल अधिकृत पनि कार्यरत छन् । सरकारी दरबन्दीमा १७ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । ५० शय्याको अस्पतालको भवन बनिरहेको छ । जनशक्तिको अभावमा एम्बुलेन्स सेवा, एक्स–रे सेवा बन्द छ ।

सात वर्षदेखि निमित्तको भरमा दोलखा जिल्ला अस्पताल

प्रमुख नहुँदा जिल्ला अस्पताल दोलखा सात वर्षदेखि निमित्तकै भरमा सञ्चालन भइरहेको छ । दशौँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल जिरी नेतृत्वविहीन छ । प्रमुख नभएपछि अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा लामो समयदेखि प्रभावित छन् । ०७० मा नियमित सरुवा भएर गएका तत्कालीन मेडिकल सुपरिटेन्डेन्टपछि हालसम्म जिल्ला अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतले निमित्तको रूपमा काम गर्दै आएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालका निमित्त प्रमुख डा। राकेश श्रेष्ठले अस्पतालमा २७ जना कर्मचारीको दरबन्दी भए पनि ११ जना मात्रै छन् । नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.