भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बुटवल आन्दोलित प्रशासनले गर्यो निषेधाज्ञा


  • आश्विन १८, २०७७
  • 586 Views
बुटवल आन्दोलित प्रशासनले गर्यो निषेधाज्ञा image

प्रदेश ५ को राजधानीका लागि दाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्किएको छ । आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरी बुटवलमा चार दिन निषेधाज्ञा घोषणा गरेको छ । आइतबार बिहान ६ बजेदेखि २१ असोज बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

यो अवधिमा सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँचजनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भई हिँडडुल गर्न पनि नपाइने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।

प्रदेश राजधानी दाङ प्रस्ताव गरिएको विरोधमा शनिबार पनि बुटवलमा प्रदर्शन भएको छ । रुपन्देहीमा आन्दोलन चर्काउन कांग्रेसले जिल्ला बन्दको कार्यक्रम घोषणा गरेको छ । त्यस्तै, रुपन्देहीका संघसंस्थाले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार साँझ विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

राजधानीको विषयमा छलफल गर्न शनिबार बुटवलमा बसेको नेकपा संसदीय दलको बैठकमा १४ सांसदले असहमति जनाएका छन् । उनीहरूले प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थानीय राजधानी बनाउनुपर्ने जिकिर गरेका छन् । असहमति जाहेर गरेका सांसद डा. कृष्णप्रसाद न्यौपानेले संसदबाट नाम र राजधानीका लागि समिति गठन भएर प्रतिवेदनसमेत तयार भएको अवस्थामा एकाएक जनभावनाविपरीत प्रस्ताव आएकाले विरोध गर्नुपरेको जनाए ।

 


Thali Mobile Pvt.Ltd.