भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

६ महिनादेखि तलब नपाएपछि शिक्षक सडकमा


  • आश्विन १८, २०७७
  • 347 Views
६ महिनादेखि तलब नपाएपछि शिक्षक सडकमा image

निजी विद्यालयका शिक्षकले प्रदेश १ का मुख्यमन्त्री र अन्य मन्त्रीले आफ्ना पीडाबारे कुनै चाँसो नदिएपछि बाध्य भएर सडक आन्दोलन थालेर अब माग पूरा गराएर मात्रै विश्राम लिने घोषणा गरेका छन्।

निजी विद्यालयका शिक्षकको संस्था शिक्षक युनियन (इस्टु) प्रदेश १ ले शनिबार इटहरीमा प्रदर्शन गरेपछि आयोजित कार्यक्रमका वक्ताले मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिला र कानुनमन्त्री हिक्मत कार्कीले चासो नदिएपछि आन्दोलन थालेकोमा अब माग पूरा गराएरै छाड्ने बताएका हुन्। ६ महिनादेखि तलब नपाएकाले घरमा चुल्हो नै बल्न छाडेपछि मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र विद्यालय सञ्चालकलाई भन्दा पनि माग सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

झापा, मोरङ र सुनसरीका निजी विद्यालयका शिक्षक शनिबार इटहरीमा भेला भई केन्द्रीय कार्यक्रमअनुसार प्रदर्शन सुरु गरेको मोरङ इस्टुले बताएको छ। ‘हामीले ६ महिनादेखि तलब नपाएकाले घरमा चुल्हो नै बल्न छाडेपछि मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र विद्यालय सञ्चालकलाई भन्दा पनि माग सुनुवाइ भएन,’ संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) प्रदेश १ का अध्यक्ष यादव अधिकारीले भने, ‘अब हाम्रा माग सुनाउनकै लागि सडकमा आयौं।

निजी विद्यालयमा कार्यरत शिक्षकप्रति कसैले पनि मानवीयता देखाएनन्।’ उनले यदि निजी विद्यालय सञ्चालकले चुल्हो बल्ने वातावरण सृजना नगरे विद्यालय सञ्चालन हुन नदिने गरी आन्दोलन चर्काउने उनले चेतावनी दिए। ‘निजी विद्यालय सञ्चालकले हामीलाई पालेको बताउने गरेका छन्। तर अब तपाईंहरू ९निजी विद्यालय सञ्चालक० ले गर्दा हामी (शिक्षक) पालिएका हौं कि हामीले गर्दा तपाईहरूले पालिएको हो देखाउनेछौं,’ अधिकारीले आक्रोश पोखे, ‘निजी विद्यालय सञ्चालकले मानवीय नभएर दानवीय व्यवहार देखाएका छन्।’ उनका अनुसार चैतयता निजी विद्यालयका शिक्षक–कर्मचारीले तलब पाएका छैनन्। तर विद्यालयले जुनसुकै बेला डाकेर काममा भने प्रयोग गर्ने गरेको छ।नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.