भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भक्तपुरको भाइरल प्लानिङ : बन्यो घुमघामको गन्तव्य


  • असार २६, २०७८
  • 971 Views
भक्तपुरको भाइरल प्लानिङ : बन्यो घुमघामको गन्तव्य image

काठमाडौँ । भक्तपुरको सिपाडोलमा गरिएको एक प्लानिङमा घुम्न जानेहरुको संख्या दिनानुदिन बढिरहेको छ। सूर्यविनायक नगरपालिका वडा नं ८को तौडोलमा गरिएको प्लानिङमा घुम्न जाने, घन्टौ बस्ने, टिकटक बनाउनेहरुको संख्या बढिरहेको हो। ‘मान्छेहरु आउँछन्, घन्टौं बसेर रमाएर जान्छन्,’ स्थानीय ७८ वर्षका साधुराम थापाले भने, ‘आजकाल साँझ –विहान साथीहरुसँग, परिवारका सदस्यहरुसँग आउनेहरुको संख्या बढेको छ।’ अरनिको राजमार्गको जगातिबाट करिब २ किलामिटर उत्तरमा तौडोलमा निक भुजिकिक हाउजिङ प्रा।लि।ले डेढ वर्षअघि प्लानिङ गरेको हो।

सो प्लानिङ कम्पनीले करिब १५ महिनाअघि प्लानिङको सबै काम सकाएपछि त्यहाँको स्वरुप बदलिएको छ। सुरुमा सो स्थानमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनका लागि सरकारी पक्षबाटै निरीक्षण समेत भएको थियो। ‘हाम्रो ठाउँ नै सोच्दै नसोचेको जस्तो बनेको छ, प्लानिङ हेर्दै रमाइलो खालको बनेको छ’ स्थानीय मिना थापाले भनिन्, ‘ पहिला ढिस्काहरु थिए, खेतका गराहरु थिए, बाटो थिएन, ओहोरदोहोरका लागि समस्या थियो, पाखा थियो, खोल्साले माटो बगाउँथ्यो।’

प्लानिङ कम्पनीले मनग्ये खर्च गरी सो ठाउँलाई आर्कषक र आवासका लागि योग्य बनाएपछि अहिले मानिसहरु सो ठाउँमा गएर रमाउने गर्न थालेका हुन्। ‘सहरबाट अलि टाढा जानु परे जाने ठाउँ थिएन, यहाँको वातावरण मनमोहक छ, शितल छ, त्यही भएर पनि फुर्सदमा यहाँ आउने गरेका छौं।’ सोही ठाउँमा भक्तपुरको च्याम्हासिंहबाट आएका रश्मी प्रजापतिले भनिन्, ‘जंगलको छेउमा गरिएको प्लानिङ भएकाले रमाइलो छ, सिरसिर हावा चल्छ।’

त्यतिमात्र नभएर उनले गुच्चमुच्च परेको गल्लीमा बस्दाबस्दा आफूलाई दिक्क लाग्ने गरेको बताइन्। यहाँका फराकिला पीच बाटाहरु, अनि रोपिएका बिरुवाहरुले अझ यहाँ आउँ–आउँ बनाएको छ।’ उनले थपिन्। सोही वडाका वडाध्यक्ष पनि त्यही टोलका हुन्। उनले आफ्नो घरसँगै बनेको प्लानिङ हेर्दाहेर्दै आर्कषक बनेको बताए। ‘मान्छेहरु दिनहुँ आइरहेका छन्, किन आउँछन्, थाहा छैन, कोहीकोहीसँग सोध्दा, यो ठाउँ राम्रो छ, त्यही भएर आएको भन्छन्।’ उनले भने।

उनका अनुसार सो ठाउँमा दिनकै हजार बढीको चहलपहल हुने गरेको छ। ‘मलाई लाग्छ, त्यो ठाउँ प्राइभेट सेक्टरबाट गरिएको नमूना प्लानिङ हो, यस्तो खाले प्लानिङ भक्तपुरको अन्यत्र भएको छैन, हेर्दै आउँ–आउँ लाग्ने बनेकोले मान्छेहरु आउने र घुम्ने गरेका हुन सक्छन्।’ उनले भने। सो प्लानिङलाई अहिले निक कोलोनीको नामा दिने तयारीमा छन्, प्लानिङ कम्पनी। कम्पनीका डिल्ली बराइलीले सो आवासीय परियोजना १३० रोपनी क्षेत्रफलमा फैलिएको बताए। उनले कम्पनीले दीगो योजना बनाएर व्यवस्थित प्लानिङ गरिएको बताउँदै प्लानिङका लागि करोडौं खर्च गरिसकेको बताए। ‘

अन्दाजी यतिउति भन्ने नै भएको छैन, हामीले यसमा मनग्ये खर्च गरेका छौं, यहाँ खर्च गर्न हामीले कुनै कञ्जुस्याइँ गरेका छैनौं।’ उनले भने। उनले सो प्लानिङलाई नगरपालिकाकै नमूना प्लानिङ भएको दाबी गर्दै अहिले नगरपालिकाले सो प्लानिङलाई नै व्यवस्थित आवास योजनाभित्र समावेश गर्ने तयारी गरिहेको बताए। उनले सो प्लानिङबाट आर्थिक वर्ष २०७७र०७८ मा नगरपालिकालाई १ करोड ९२ लाख राजस्व तिरेको पनि बताए। सो स्थानमा घुम्न जानेहरुको संख्या बढेसँगै धेरैले सो प्लानिङलाई भाइरल प्लानिङको समेत नाम दिएका छन्। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.