भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारतबाट लुकिछिपी प्रवेशले काठमाडौं उच्च जोखिममा


  • आश्विन ७, २०७७
  • 354 Views
भारतबाट लुकिछिपी प्रवेशले काठमाडौं उच्च जोखिममा image

लकडाउन सुरु भएयता नेपाल–भारत सीमा नाकाबाट मालवाहक गाडीबाहेकका सवारीसाधन र मानिसको आवागमन औपचारिक रूपमा बन्द छ। तर सीमापारिबाट लुकीछिपी प्रवेश भने रोकिएको छैन। यसरी आउनेमा अधिकांश एक लाख ६९ हजार कोरोना संक्रमित रहेको सीमावर्ती भारतको बिहार राज्यका मानिस छन् ।

उनीहरूको मुख्य गन्तव्य काठमाडौं उपत्यका हो ।लुकीछिपी भित्रिने क्रम जारी रहेकाले नेपालमा संक्रमण फैलिने जोखिम उच्च रहेको छ। आगामी दिनमा उनीहरुका कारण विशेषगरी काठमाडौं संक्रमणको उच्च जोखिममा पर्ने सरोकारवाला बताउँछन्। चैत १० गते मन्त्रिपरिषद् बैठकले नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि पटकपटक सीमानाका बन्द हुने निर्णयले निरन्तरता पाइरहेको छ।

पछिल्लो पटक भदौ २९ को सरकारी निर्णयअनुसार असोज मसान्तसम्म सीमानाका बन्द हुनेछन्। मालवाहक गाडीबाहेक अन्य सीमानाकाबाट आवतजावत गर्न नपाइने निर्णय भए पनि भारतबाट मानिस लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन। औपचारिक रुपमा सीमानाका बन्द भए पनि सीमापारिबाट भारतीयको लुकीछिपी प्रवेश रोकिएको छैन। यसरी आउनेमा अधिकांश सीमावर्ती बिहार राज्यका मानिस छन्। उनीहरूको मुख्य गन्तव्य काठमाडौं उपत्यका हो। बिहारमा अहिले एक लाख ६९ हजार कोरोना संक्रमित छन्। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.