भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मनाङको कोचे जंगलमा लागेको आगोले सात सय हेक्टर जंगल सखाप


  • माघ ७, २०७७
  • 911 Views
मनाङको कोचे जंगलमा लागेको आगोले सात सय हेक्टर जंगल सखाप image

काठमाण्डाैं । हिमाली जिल्ला मनाङको नासों गाउँपालिका ८ ताचैं नजिकैको कोचे जंगलमा लागेको आगोले ७ सय हेक्टर जंगल  सखाप भएको छ । नासोँ गाउँपालिका ८ को कोचे बन क्षेत्र आसपासबाट मंसिर ११ गतेदेखि लागेको आगो ताचैं गाउँ नजिकै पुगेको थियो । ठाडो भिरमा सल्लाको जंगल, र निगालोको झाडीमा फैलिएको आगो दुई महिनापछि नियन्त्रणमा लिन सफल भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।उनले भने ‘स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जनप्रतिनिधि, ताचैं संरक्षण क्षेत्र व्यवस्थापन समिती र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

भौगोलिक विकटताले मानिस जान निकै कठिन जंगलमा आगो लागेकाले दुई महिनापछि सबैको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रजिअ लामीछानेको भनाई छ । जंगलमा लागेको आगोले पशुपंछी र वनस्पतीको क्षति भएपनि मानवीय क्षति भने भएको छैन । ताचैं संरक्षण क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष याद घलेले स्थानीय प्रशासनले सुरुबाट नै चासो दिएपनि भौगोलिक कठिनाइका कारण २ महिनापछि मात्र आगो नियन्त्रणमा आएको बताए ।

जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीका विपद् व्यवस्थापन तालिम प्राप्त टोली सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख होमनाथ पन्थीको कमाण्डमा आएको  टोलीले आगो फैलिन नदिन करिब ५ किलोमिटर अग्नीरेखा बनाएर ताचैँ गाउँ र नेपाल टेलिकमको टावर सुरक्षित राख्न सफल भएको घलेले बताए ।  उनले भने ‘अग्नीरेखा निर्माणपछि थप क्षती हुन पाएन । ताचैं गाउँमा ६४ घरधुरी रहेको छ । आगलागी भएको क्षेत्र मनाङको सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ ।’

नयाँ पत्रिकाबाट….

 

 


Thali Mobile Pvt.Ltd.