भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘अब म घर फर्कन सक्दिनँ’


  • माघ ६, २०७७
  • 962 Views
‘अब म घर फर्कन सक्दिनँ’ image

बैतडी  ।  जिल्ला अस्पताल बैतडीमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा एक साताअघि पञ्चेश्वरबाट आमाछोरी आइपुगे । दुवै खासै बोल्दैनन् । टोलाएझैं यताउता हेरिरहन्छन् । एउटा कोठा र अस्पताल परिसर आसपासमै उनीहरूका दिन बितिरहेका छन् । १७ वर्षीया छोरीतिर नियाल्छिन् र चिन्ताग्रस्त देखेर आमा बेचैन हुन्छिन् ।

‘मैले पनि हाँस्न बिर्सेछु कि जस्तै भइसकेको छ,’ उनले भनिन्, ‘आफू रोएरै बस्न परे पनि हरेक आमाको चाहना सन्तान हाँसेको हेर्ने हुन्छ । मेरो त परिवारकै खुसी उडेर कतै गइहाल्यो ।’ उनका श्रीमान्को करिब १५ वर्षअघि निधन भयो । कान्छी छोरी ७ महिनाकी हुँदा श्रीमान्ले छाडेर गएपछि एक छोरा र तीन छोरीलाई जेनतेन हुर्काइन् । ‘आर्थिक अवस्था कमजोर भए पनि जसोतसो खानलाउन पुर्‍याएकी थिएँ,’ उनले भनिन्, ‘छोरा र यो छोरीलाई उनीहरूका मामाले पढाइरहेका थिए । दुई छोरी घरमा मसँगै थिए ।

मामाघर बस्ने छोरी घर आएको बेला यस्तो बज्रपात भयो ।’ छोरीमाथि भएको घटनाले गाउँ नफर्केर टाढा गएर बस्न पाए हुन्थ्यो भन्ने लागेको उनले सुनाइन् । छोरीमाथि बलात्कारको पीडा त छँदै छ, समाजमा नाना थरी कुरा काट्ने भएकाले असुरक्षा बढेको उनले महसुस गरेकी छन् । पीडित किशोरी आफूले कहिल्यै नसोचेको घटना भोग्नुपरेकोमा विक्षिप्त छिन् । ‘अब फेरि त्यो गाउँ फर्केर कहिल्यै जान मन छैन ।

समाजमा मान्छेलाई मुख देखाउन नभएपछि कसरी जानु घर ?,’ उनले भनिन्, ‘जसले मेरो जिन्दगी उजाड बनाए उनीहरूलाई कारबाही भएको देख्न पाऊँ ।’ ११ कक्षा पढिरहेकी उनले अन्तै कसैले व्यवस्था गरिदिए पढाइलाई निरन्तरता दिने बताइन् । मंसिर १७ को साँझ किशोरी घरमा एक्लै थिइन् । दुई बहिनी बाहिर कतै गएका थिए ।

आमा घरमा मोबाइल छाडेर घाँस काट्न गएकी थिइन् । छिमेकीकोफोन आयो । औषधि लैजान बोलाएपछि उनी छिमेकी धर्मेन्द्र चन्दको घर गइन् । गाडीचालक भएकाले धर्मेन्द्रसँग उनकी आमाले औषधि मगाएकी थिइन् । उनलाई धर्मेन्द्रले ‘औषधि कोठाभित्र छ लिएर जाऊ’ भनेपछि भित्र पसिन् । त्यही मौकामा आफूलाई बलात्कार गरेको पीडितको भनाइ छ । ‘घरमा त्यो एक्लै रहेछ ।

मलाई समातेर बलात्कार गर्‍यो,’ उनले भनिन्, ‘एकपटक त कराएँ पनि, पछि मुख थुनिदियो ।’ घरमा गएर भनिदिन्छु भन्दा मार्ने धम्की दिएकाले उनी डराइन् । त्यसपछि पनि आमाको मोबाइलमा फोन गरेर धर्मेन्द्रले मार्ने धम्की दिने गरेका थिए । शारीरिक र मानसिक पीडा भोगिरहेकी उनलाई पुस १५ को साँझ धर्मेन्द्रकी बहिनी बोलाउन आइन् । तिनले कोठामा लगेर बाहिर निस्किइन् ।

‘त्यहीबेला उनका भिनाजु प्रवीन चन्द कोठामा छिरे र फेरि बलात्कार गर्‍यो,’ पीडित किशोरी भन्छिन्, ‘कराएपछि एक जना महिलाले थाहा पाएर हल्ला गरेपछि मात्र मलाई छाड्यो ।’ दुई जनाले आफूमाथि बलात्कार गरे पनि उल्टै दिनै धम्की दिएर तनाव दिइरहेको उनले बताइन् । धर्मेन्द्रका परिवार आएर गाली र छोरीका बारेमा नराम्रा कुरा गरेपछि मात्र उनले आमालाई घटनाबारे सुनाएकी थिइन् । ‘प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितलाई ओसीएमसीमा राखिएको हो । धर्मेन्द्र चन्द र प्रवीन चन्दलाई प्रहरीले पक्राउ गरेको छ । कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.