भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मौसममा पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भागमा हल्का हुस्सु


  • माघ १९, २०७९
  • 330 Views
मौसममा पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भागमा हल्का हुस्सु image

काठमाडौं । आज देशका केही भागमा आंशिक बदली र तराईका केही क्षेत्रमा हल्का हुस्सुबाहेक देशभरको मौसम समान्यता सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभको मौसम सामान्यता सफा रहेको जनाएको छ।

तराईका केही भूभागहरुमा बिहानीपख लागेको हुस्सुरकुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
दिउँसोː कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातिː प्रदेश नं। १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। २०७९ माघ २० गते ९शुक्रबार०
दिउँसोː देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिː प्रदेश नं। १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। २०७९ माघ २१ गते ९शनिबार०
दिउँसोː प्रदेश नं। १ लगायत देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातिː प्रदेश नं। १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागहरूमा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.