भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

युद्धको विभीषिका


  • आश्विन २३, २०८०
  • 432 Views
युद्धको विभीषिका image

काठमाडौं । युद्धले खासमा कसैको जित र हार गर्दैन, त्यहाँ मानवतामात्रै हार्छ। त्यसैले मध्यपूर्वमा जारी हिंसा र युद्ध अन्त्यको विकल्प छैन। मध्यपूर्वमा अहिले युद्धको आतंक छ। आकाश धुवाँको मुस्लोले धमिलिएको छ। जमिन रक्ताम्य छ। हरबखत बन्दुकका गोली प्रहार र बम विस्फोटका आवाज गुञ्जिरहेछ।

इजरायलको जेरुसेलम धार्मिक हिसाबले जति पवित्र स्थान हो, युद्धको अपवित्र कर्म त्यहीँ भइरहेको छ। शनिबारदेखि प्यालेस्टिनी लडाकु समूह हमास इजरायलतिर गोलाबारी गरेर युद्ध थाल्यो र अहिले दुईतर्फी युद्ध चलेको छ। मिनेटमै हजारौं युद्ध रकेटहरूको हमलाले त्यहाँका बासिन्दा युद्ध विभीषिकाको मारमा परेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार मानवीय क्षति प्यालेस्टिनी र इजरायल दुवैपट्टि भइसकेको छ। ७० जना इजरायली र दुई सय प्यालेस्टिनीले युद्धको पहिलो दिन शनिबारै ज्यान गुमाएका थिए। हालसम्म १० नेपालीले ज्यान गुमाइसकेका छन्।

पृथ्वीको जुनसुकै कुनामा भएको युद्धको असर अर्को कुनामा पनि पर्छ। त्यो प्रत्यक्ष वा अप्रत्यक्ष हुन सक्छ। नेपाल पनि त्यसबाट अछुतो हुने कुरै भएन। जस्तो कि हालैको रुस र युक्रेन युद्धको प्रत्यक्ष त नेपालीको भान्छासम्म असर गर्‍यो। महँगी बढ्यो। यसपालि इजरायलमा भएको आक्रमणमा प्रत्यक्ष नै नेपालीमाथि असर गर्‍यो। ९ जना नेपाली शनिबारको पहिलो आक्रमणमै इजरायलमा घाइते भए। तीमध्ये २ जना सिकिस्त भए।

वैदेशिक रोजगारीका सिलसिलामा इजरायलका कृषि फर्ममा नेपाली पनि गएका छन्। त्यहाँ गएका नेपालीको संख्या भनेको झन्डै पाँच हजार हो। कृषि मजदुरका अलावा नेपाली इजरायलमा ‘केयर गिभर’का रूपमा पनि गएका छन्। कतिपय इजरायलमा पढ्छन् पनि। ती आज इजरायलीहरू जस्तै युद्धको विभीषिकामा परेका छन्। भयभीत छन्, आतंकित छन्। उनीहरूको जीउज्यान जोखिममा छ। नेपालले आफ्ना नागरिकहरूलाई तत्काल उद्धार गर्न पहल थाल्नुपर्छ। उनीहरू जो इजरायलमा छन्, उद्धार चाहिरहेका छन्। नेपालले कूटनीतिक पहलबाटै आफ्ना नागरिकलाई स्वदेश फर्काउनुपर्छ।

संयुक्त राष्ट्रसंघलगायत संस्थाहरूले मध्यपूर्वमा शान्तिको आह्वान गर्दैगर्दा हमासबाहेक लेबनानको हिज्बुल्लाह समूह पनि इजरायलमाथि खनिएको छ। त्यो हदैसम्मको दुर्भाग्य हो। इरानका सर्वोच्च नेताले समेत हमासको हमलालाई गौरवपूर्ण भनेर हिंसालाई प्रश्रय दिएका छन्, जुन निन्दनीय छ। युद्ध कुनै पनि हिसाबले प्रश्रयलायक हुँदैन, भत्र्सनायोग्यमात्रै हुन्छ। जेरुसेलम सहर जसलाई अन्तर्राष्ट्रिय मान्यता राष्ट्रसंघले दिएको छ। विवादास्पद ठाउँहरूको पनि वार्ताबाट राष्ट्रसंघबाट मतदानका प्रक्रियाबाट छिनोफानो पनि लगाइएको हो।

इस्लाम, यहुदी र इसाई सबैका लागि प्रिय र पवित्र धार्मिकस्थलको विवादलाई मानवीय युद्धमा रूपान्तरण गरेर हमलाकारीले वास्तवमै ईश्वरको अपमान गरेका छन्। युद्धले खासमा कसैको जित र हार गर्दैन, त्यहाँ मानवतामात्रै हार्छ। त्यसैले मध्यपूर्वमा जारी हिंसा र युद्ध अन्त्यको विकल्प छैन। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.