भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राजधानी भित्रिने एम्बुलेन्सको संख्या घट्दै


  • बैशाख २१, २०७८
  • 644 Views
राजधानी भित्रिने एम्बुलेन्सको संख्या घट्दै image

काठमाडौँ । राजधानीका निजीदेखि सरकारी अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दा राजधानीबाहिरबाट बिरामी बोकेर उपत्यका छिर्ने एम्बुलेन्सको संख्यामा कमी आएको छ ।
आइतबार अबेरसम्म राजधानीका विभिन्न ५१ अस्पतालमा कोरोना संक्रमितलाई छुट्याइएका २ हजार २२ बेडमा १ हजार ५ सय ५ जना उपचाररत छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १६ देखि १९ गतेसम्मको चार दिनमा १ सय ७३ वटा एम्बुलेन्स बिरामी बोकेर काठमाडौं भित्रिएका छन् । अर्थात् औसतमा दिनहुँ ४३ वटा एम्बुलेन्स उपत्यका छिरिरहेका छन् । जबकि लकडाउन नभएका दिनमा औसत ५० वटा एम्बुलेन्स बिरामी बोकेर आउँथे ।

गत वर्ष माघमा १ हजार ५ सय ४८ वटा एम्बुलेन्स उपत्यका छिरेकामा लकडाउन सुरु भएपछि गत वर्षको वैशाखमा उपत्यका छिर्ने एम्बुलेन्सको संख्या २ हजार ३ सय ११ पुगेको थियो । संक्रमणको पहिलो लहरमा लकडाउन लम्बिँदै जाँदा र संक्रमण बढ्दै जाँदा गत वर्षको जेठ महिनामा उपत्यका छिर्ने एम्बुलेन्सको संख्या ५ हजार ४८ सम्म पुगेको थियो ।

लकडाउनको सुरुवाती तीन दिनको संख्याले अघिल्लो कोरोना लहरमा भन्दा फरक परिदृश्यको संकेत गर्छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार तीन दिनमा सबैभन्दा धेरै अर्थात् १ सय ३ एम्बुलेन्स नागढुंगाबाट उपत्यका छिरेका थिए । कान्तिपुर  दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.