भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राजावादीको षड्यन्त्रमा नेकपा विभाजन : गृहमन्त्री


  • माघ ४, २०७७
  • 848 Views
राजावादीको षड्यन्त्रमा नेकपा विभाजन : गृहमन्त्री image

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले पार्टी विभाजन हुँनुमा राजावादीको मूख्य भूमिका रहेको आरोप लगाएका हुन् ।

राजावादीहरुकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दावी छ । ‘जब हामीले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्यौं, त्यही बेलादेखि प्रतिगामी शक्तिहरुले कसरी आफ्नो गुमेको सत्ता र शासनलाई पुर्नस्थापित गर्ने भनेर षड्यन्त्र थालेका थिए ।’ थापाले भने–‘नेकपा एकतावद्ध भएर मुलुक समृद्धिको दिसातर्फ अघि बढ्न थालेपछि उनीहरुले नेकपालाई विभाजन नगराई आफ्नो शासन सत्ता नफर्कने देखेर पार्टीभित्रका कमजोरीलाई केलाउँन थाले । नेकपाभित्रका असन्तुष्ट समुहलाई उक्साए उत्तेजित बनाएर उनीहरुले पार्टी बिभाजन गराउँन सफल भए ।’

राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएर असन्तुष्ट हरेका अवसरवादीहरुलाई उचालेर राजावादीले चलखेल गरेको उनको तर्क छ । राजावादीको डिजाईन अनुसार नै १९ पेजको आरोपपत्र आएको दावी गर्दै उनले प्रतिगामी र अवसरवादीसँग आत्मासमर्पण गरेर प्रधानमन्त्री पद त्याग्नुभन्दा संसद् विघटन गुर्न उत्तम भएकाले प्रधानमन्त्री ओलीले नयाँ जनादेश रोजेको बताए । नेकपा बिभाजन हुँदा मुलुकमा अस्थिरता आउने भएकाले सहपार्टीदेखि सवै जनता विभाजनप्रति असन्तुष्ट रहेको भएपनि राजतन्त्र फर्काउने षड्यन्त्र गरिरहेका प्रतिगामी सक्तिहरुले खुशीयाली मनाईरहेको थापाले बताए ।

पार्टी औपचारिक रुपमा बिभाजन भइनसकेको भएपनि व्यवहारिक रुपमा फरक भएको भन्दै उनले मूलुकको सबैभन्दा ठूलो शक्ति बिभाजन हुँदा मुलुक अस्थिरतातर्फ धकेलिएको बताए । मुलुकमा राजनीतिक स्थिरताले मात्र समृद्धि र विकास हुँने बुझेर जनताले नेकपालाई दुई तिहाई मत दिएको भएपनि पार्टी बिभाजनका कारण अहिले मुलुकको समृद्धि र विकासको यात्रा अवरुद्ध भएको थापाले बताए । नेकपा सचिवालय सदस्यसमेत रहेका थापाले प्रतिगामीहरुको षड्यन्त्रका कारण पार्टी बिभाजन भएकाले यसको चुरो कुरो बुझेर पुनः कम्युनिष्ट पार्टी एक भई अघि बढ्नुपर्ने आवश्यकता पनि औल्याए ।

करिब आधा घण्टा भाषण गरेका थापाले अधिकांस समय पार्टी विभाजनको दोष राजावादीलाई लगाउँनमै समय खर्चिए । भाषणमा उनले राजावादी शव्द कम प्रयोग गरी उनीहरुलाई प्रतिगामी सक्तिको रुपमा चित्रण गर्दै प्रतिगामीहरुकै कारण नेकपा बिभाजन भएको र यसप्रति सचेत हुँनुपर्ने उल्लेख गरेका थिए ।

राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.