भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

रुख कटान रोकियो


  • फाल्गुन १०, २०७९
  • 354 Views
रुख कटान रोकियो image

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१ र २ जोगीदहस्थित सगरमाथा आन्तरिक विमानस्थल निर्माण क्षेत्रमा रुख कटानको काम रोकिएको छ । गत असोजबाट सामुदायिक वन क्षेत्रका रुख कटान गर्न थालेको भए पनि पूर्वसहमतिअनुरूप नागरिक उड्डयन प्राधिकरणले काम नगरेकोे भन्दै वन तथा भू–संरक्षण विभागले रुख काट्ने काम रोकिदिएको हो ।

प्राधिकरण र विभागबीच विमानस्थलले प्रयोग गरे जति जग्गा अन्यत्र उपलब्ध गराउनुपर्ने र त्यहाँ हरियाली बनाउन ४० हजार ९२५ वटा बिरुवा रोप्ने पैसा वन विभागलाई उपलब्ध गराउनुपर्नेमा प्राधिकरणले उपलब्ध नगराएपछि रुख काट्न रोकिएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरका सहायक वन अधिकृत एवं सूचना अधिकारी जागेश्वर साहले बताउनुभयो ।

रुख काट्ने अनुमति पाएको रुण माँ दुर्गा शक्ति जेभी विराटनगर मोरङले छ महिनाको अवधिमा मोतियाही सामुदायिक वन उपभोक्ता समूहको ६२।३० हेक्टरको चार हजार ३५७ रुख मात्र कटान गरेको छ । कङ्ग सामुदायिक वन उपभोक्ता समूहका ४२।८० हेक्टर क्षेत्रमा रहेको विभिन्न जातको नौ हजार २८० वटा रुख कटान गर्न बाँकी रहे पनि वन विभागले कटानको काम रोकेको हो ।

राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा विमानस्थल राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको सूचीमा राखेर काम अघि बढाएको आयोजना हो ।

विभाग र प्राधिकरणबीच २०७८ माघ २४ गते भएको सम्झौताबमोजिम रुख छपानको काम सकेर कटान थालिएको थियो । सम्झौतामा विमानस्थल निर्माणका लागि १५६.११ हेक्टर क्षेत्रफलमध्ये १०५।१० हेक्टरमा रहेको रुख मात्र काटिने र बाँकी रहेको ५०।४१ हेक्टरमा हरियाली कायम गर्ने उल्लेख गरिएको छ । जसमा १३ हजार ६३७ वटा रुख काटिनेछ । रुख कटानको काम रोकिएसँगै विमानस्थल निर्माणको कामसमेत प्रभावित हुन सक्ने सम्भावना बढेर गएको छ ।

योजनाअनुसार यस क्षेत्रमा एक हजार ७५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग, दुई सय मिटर लामो र ६० मिटर चौडाइको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी वे दुईवटा समेतका लागि १५६।११ हेक्टर वन क्षेत्रको जग्गा अधिकरण गरी सकिएको छ । गोरखा पत्र देनिकबाट….

 


Thali Mobile Pvt.Ltd.