भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लिभरपुलको अपराजित यात्रामा फुलहमको ब्रेक


  • चैत्र २४, २०८१
  • 212 Views
लिभरपुलको अपराजित यात्रामा फुलहमको ब्रेक image

काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको खेलमा फुलहमले लिभरपुललाई ३(२ले हराएको छ। प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल अपराजित रहँदै खेलिरहेको थियो।खेलको १४औं मिनेटमा एलेक्सिक म्याक एलिटरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। अग्रता बनाए पनि लिभरपुलले त्यसलाई जोगाउन सकेन। खेलको तेइसौं मिनेटमा फुलहमका लागि रायन सेसेगोनले बराबरी गोल फर्काएका थिए।

पहिलो हाफमा नै फुलहमले थप दुई गोल गर्‍यो। खेलको ३२ औँ मिनेटमा एलेक्स युभीले गोल गरे। त्यस्तै रोड्रिगो मुनिजले ३७ औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफ ३-१ ले अग्रता बनाएको फुलहमले दोस्रो हाफमा गोल गर्न सकेन।यता लिभरपुलको लागि भने ७२ औँ मिनेटमा लुइस डियाज दोस्रो गोल गरे। हार बेहोरे पनि लिभरपुलले ३१ खेलबाट ७३ अङ्क बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा आर्सनल रहेको छ। आर्सनलभन्दा लिभरपुल ११ अङ्कले अगाडि रहेको छ।

अब लिभरपुललाई २० औँ पटक प्रिमियर लिग जित्न ११ अङ्क भए पुग्छ। लिभरपुललाई हराएको फुलहमको पनि युरोपियन प्रतियोगिता छनोट हुने सम्भावना कायमै छ। फुलहमले ३१ खेलबाट ४८ अङ्क जोडेर आठौं स्थानमा उक्लिएको छ। प्रिमियर लिगको आइतबार नै भएको अर्को खेलमा टोटनहमले साउथ हम्प्टनलाई ३-१ ले पराजित गरेको थियो। अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.