भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सिराज र सुभ्मन चल्दा गुजरातको तेस्रो जित


  • चैत्र २४, २०८१
  • 275 Views
सिराज र सुभ्मन चल्दा गुजरातको तेस्रो जित image

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरातले हैदराबादलाई ७ विकेटले हराएको हो।बलिङतर्फ मोहम्मद सिराज र ब्याटिङतर्फ कप्तान सुभ्मन गिलको उत्कृष्ट प्रदर्शनले गुजरातले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। हैदराबादको घरेलु मैदान राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले १५२ रन बनायो। हैदराबादले दिएको १५३ रनको विजयी लक्ष्य पछाएको गुजरात टाइटन्सले १६.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

गुजरातका लागि कप्तान सुभ्मन गिलले ६१ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ९ चौका प्रहार गरे। ओपनर शाही सुदर्शन दोहोरो अंक बनाउन नसक्दै पेभेलियन फर्किदा सुभ्मनले क्रिज सम्हालेका थिए। जोश बटलर डकाउट भए। वासिङ्टन सुन्दरले ४९ रनको पारी खेले। सफरिन राउटरफोर्ड ३५ रनमा अभिजित रहे। हैदराबादका लागि मोहम्मद सामीले २ विकेट र कप्तान प्याट कमिन्सलाई १ विकेट लिए।पहिलो इनिङमा ब्याटिङ गरेको सनराइजर्स हैदराबादका लागि नितेश कुमार रेड्डीले सर्वाधिक ३१ रन बनाए।

उनले ३४ बलमा तीन चौका प्रहार गरे। ओपनिङमा आएका अभिषेक शर्माले १८ रन इशान किसनले १७, हेनरिच कालसेनले २७, अङ्कित बर्माले १८ र कप्तान प्याट कमिन्सले २२ रन बनाए।गुजरातका लागि बलिङतर्फ मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिए। प्रसिद्ध कृष्ण र साई किशोरले समान २-२ विकेट लिए।पाँचौँ खेल खेलेको सनराइजर्स हैदराबादले लगातार चार हार बेहोरेको हो। पहिलो खेलमा जित निकालेको हैदराबादले जितको लय समाउन सकेन। अङ्क तालिकामा हैदराबाद पुछारमा रहेको छ। गुजरातले चौथो खेल खेलेको थियो। पहिलो खेलमा हार बेहोरेको गुजरात त्यसपछि लगातार ३ जित दर्ता गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.