भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लुम्बिनीमा १६ करोडको नेपाली बिहार


  • कार्तिक १४, २०७८
  • 541 Views
लुम्बिनीमा १६ करोडको नेपाली बिहार image

बुटवल ।  गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्राचीन कलासहितको नेपाली बिहार निर्माण गरिएको छ। नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाबिहार निर्माण गरिएको हो।

लिच्छविकालीन तथा मल्लकालीन काष्ठकला र कलाकृतिले सजिएको बिहारको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।

बिहारका अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्यले स्वदेशी लगानीमै बिहार तयार भएको बताए। ‘हामीले स्वदेशी दानदातव्यबाटै बिहार बनाउने संकल्प गरेका थियौं’, उनले भने, ‘त्यो अभियान पूरा भएको छ।’

नेपालमा यो शैलीको बिहार ३५० वर्षयता नबनेको उनले बताए। ‘बौद्ध परम्पराको संघ स्थापना र बिहार निर्माण नभएको ३५० वर्ष भयो। हामीले बज्रयानी महाबिहार निर्माण गरेर बिहार निर्माणको सिलसिला सुरु गरेका छौं’, उनले भने। बिहारको पहिलो तलाको काष्ठकला निर्माणमा काठमाडौं महानगरपालिकाले चार करोड २९ लाख रुपैयाँ सहयोग गरेको थियो। सो लगानीबाट मण्डला तयार भएको छ।

राष्ट्रपति भण्डारीले आइतबार मण्डलाको उद्घाटन र बिहार अवलोकन गर्ने कार्यक्रम तय भएको अध्यक्ष बज्राचार्यले जानकारी दिए। करिब १६ करोड खर्च भएको बिहार एक बिगाह क्षेत्रफलमा निर्माण गरिएको छ। लुम्बिनीमा स्वदेशी लगानीमै बज्रयानी बिहार निर्माण भएको यो पहिलो पटक हो। प्राचीन संस्कृति झल्किने काष्टकला प्रयोग गरिएकाले यो बिहार निकै आकर्षक छ।

राष्ट्रपति भण्डारी आइतबार बिहार उद्घाटनसहित अन्य कार्यक्रममा सहभागी हुन लुम्बिनी क्षेत्रको भ्रमणमा आउँदैछिन्। लुम्बिनी र भैरहवामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा राष्ट्रपति सरिक हुने जनाइएको छ।

अन्नपूर्ण पाेष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.