DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लोसपामा ठाकुर र महतोबीच चर्कियो विवाद


  • मंसिर २८, २०७८
  • 525 Views
लोसपामा ठाकुर र महतोबीच चर्कियो विवाद image

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०भित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच विवाद चर्किएको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठाकुर र महतो समूहबीच विवाद चर्किएको हो ।

पार्टी बैठकसमेत बस्न सकेन

जनता समाजवादी पार्टी नेपाल ९जसपा०बाट विभाजन भई गठन भएको लोसपामा विभिन्न पदको नियुक्तिलाई लिएर विवाद चर्किएको हो । पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टी बैठकसमेत बस्न सकिरहेको छैन । अध्यक्ष ठाकुरले पार्टीको प्रदेश २ मा जितेन्द्र सोनललाई नियुक्त गरेका छन् । प्रदेश २ का पूर्वमन्त्रीसमेत रहेका सोनल प्रदेश सांसद तथा लोसपा कार्यकारिणी समितिका सदस्यसमेत हुन् । उनी तत्कालीन तमलोपा ठाकुर समूहका नेता हुन् ।

यस्तै, अध्यक्ष ठाकुरले विभिन्न जिल्लामा अध्यक्ष नियुक्त गरेका छन् । जसपा स्रोतका अनुसार बारामा नवलकिशोर सिंह, पर्सामा पुरुषोत्तम झा, रौतहटमा लिला साह, सर्लाहीमा रामप्रसाद यादव, महोत्तरीमा रामबाबु साहलाई ठाकुरले अध्यक्ष नियुक्त गरेका छन् । यसैगरी, धनुषामा प्रमेश्वर साह, सिरामा रामदयाल यादव, सप्तरीमा सुनिलकुमार झा, कपिलवस्तुमा कैलाश अग्रहरी र मोरङमा काविर अलिलाई जिल्ला अध्यक्ष ठाकुरले नियुक्त गरेका छन्् ।

बाराका सिंह, पर्साका झा, धनुसाका साह, सर्लाहीका यादव र मोरंगका अलि ठाकुर समूहका नेता हुन् । यी अध्यक्षहरू ठाकुर अध्यक्ष रहेको तत्कालीन तमलोपा समूहका हुन् । यस्तै, महोत्तरीका साह, सिराहा यादव लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी समूहका अध्यक्ष हुन् । यी अध्यक्षहरू भण्डारी अध्यक्ष रहेको तत्कालीन रामसपा समूहका हुन् ।

रौतहका अध्यक्ष साह लोसपा नेता अनिल झा निकटका हुन् । सप्तरीका अध्यक्ष झा, कपिलवस्तुका अध्यक्ष अग्रहरी वरिष्ठ नेता राजेन्द्र महतो समूहका हुन् । यी अध्यक्ष महतो अध्यक्ष रहेको तत्कालीन सद्भावना पार्टीका नेता हुन् । प्रदेश २ मा महतोनिकट मानिने तत्कालीन सदभावना पार्टीका नेतालाई जिम्मेवारी नदिएको भन्दै उनीनिकटका नेताहरूले विरोध गरेका छन् । जिल्ला जिल्लामा निर्णय गरेर विरोध भइरहेको छ । पर्सासहित कतिपय जिल्लामा प्रदर्शनसमेत भएको छ ।

लोसपाका अध्यक्ष ठाकुरले जिल्ला तथा प्रदेश अध्यक्ष तथा पर्यवेक्षक नियुक्त गर्न थालेपछि सोही पार्टीका वरिष्ठ नेता महतो समूहले कडा रूपमा विरोध गर्न थालेका छन् । अध्यक्ष ठाकुरले पार्टीमा कुनै सल्लाह नै नगरी एकलौटी रूपमा प्रदेश अध्यक्ष मनोनीत गरेको आरोप महतो समूहका नेताहरूले लगाएका छन् ।

सोही क्रममा महतो समूहका नेता सन्तोष मेहताले आफ्नो फेसबुकमा लेखेका छन्, ‘लोसपा भनेको तमलोपा होइन होला नि १’अध्यक्ष ठाकुरले तत्कालीन तमलोपा जसरी चलाउँथे, त्यसरी नै लोसपा चलाउन खोजेको मेहताको आरोप छ । उनले भने, ‘जिल्ला तथा प्रदेशहरूमा अध्यक्षलगायत विभिन्न पदमा मनोनयन गरिरहनुभएको छ तर त्यसको ’दयगतमा पार्टीमा कुनै सल्लाह कसैसँग छैन, यो तरिकाले पार्टी चलाउन गाह्रो हुन्छ ।’

तर अध्यक्ष ठाकुर समूहका नेताहरू भने महतो समूहका नेताहरूको आरोप स्वीकार गर्न तयारी छैनन् । प्रदेश र जिल्ला अध्यक्ष नियुक्ति वरिष्ठ नेता महतोकै सल्लाहमा भइरहेको ठाकुर समूहका नेता बताउँछन् । ठाकुर निकटका नेता सञ्जय यादवले प्रदेश, जिल्ला अध्यक्षहरूको नियुक्ति वरिष्ठ नेता महतोसहित अन्य नेताकै सल्लाहमा भइरहेको बताए । सबै नेतासँग सल्लाह गरेरै ठाकुरले काम गरिरहेको दाबी उनको छ ।

उनीहरूका अनुसार अध्यक्ष ठाकुरले पार्टीमा छलफल गरेरै जिल्लाहरूमा मनोनयन गर्ने अधिकार लिएका छन् । त्यहीअनुसार पछिल्लो समय नियुक्ति तथा जिम्मेवारी तोक्ने काम भइरहेको यादव बताउँछन् । केन्द्रमा सबै कुरा ठिक छ भन्ने तर तल आफ्नो कार्यकर्ताबाट विरोध गराउने काम केही नेताबाट भइरहेको भन्दै उनले यसलाई ‘गलत प्रवृत्ति’ को संज्ञा दिए ।

उनले भने, ‘महन्थ ठाकुरले राजेन्द्र महतोसँग सल्लाह नगरी काम गर्नुभएको हो भने त्यो कुरा महतोजीले भन्नुपर्ने हो । उहाँ आफंै केही पनि नबोल्ने अनि आफ्ना कार्यकर्ताबाट तल विरोध गराउनुले पार्टीको हित गर्दैन ।’ अध्यक्ष ठाकुरले २५ मंसिरमा लोसपाका कार्यकारिणी सदस्य सोनललाई प्रदेश २ को अध्यक्षमा मनोनय गर्दा धनुषामा रहेका वरिष्ठ नेता महतो पक्षका कार्यकर्ताहरूले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । त्यसपछि धनुषामै महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताहरूले विज्ञप्ति जारी गरेर सो मनोनयनलाई समर्थन जनाएका छन् । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.