भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शाहविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव


  • फाल्गुन १८, २०७९
  • 302 Views
शाहविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव image

काठमाडौँ । विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले चारवटा फरक कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिएको छ। विदेशबाट अनाधिकृत रूपमा रकम भित्र्याएको आरोपमा शाहसहित सात जनालाई ब्युरोले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन ब्युरोले बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

प्रतिवेदन बुझाउनुअघि सीआईबीले पत्रकार सम्मेलन गरी शाह र उनको समूहले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध गरेको निष्कर्षसहित चारवटा मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको हो। सीआईबीका प्रवक्ता सञ्जय थापाका अनुसार अनुसन्धान प्रतिवेदनमा मुख्य अभियुक्त पृथ्वीबहादुर शाह, उहाँका भाई विजयविक्रम शाहसहित १३ जना व्यक्तिविरुद्ध मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिनुभयो।

अमेरिकामा अनलाइनमार्फत ठगी गरी नेपालमा अवैध रकम भित्र्याएको खुलेपछि सीआईबीले अछाम बन्नीगढी गाउँपालिका–६ का शाह दाजुभाइ, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, नवलपरासी ९पश्चिम० बर्दघाटका रूकमाङ्गत काफ्ले र अछामका रङ्गबहादुर साउदलाई गत पुस २२ गते पक्राउ गरेको थियो। शाहले काठमाडौँको सिफलमा रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालिलगायत दर्जनौँ कम्पनीबाट शङ्कास्पद कारोबार खुलेपछि ब्युरोले पक्राउ गरेको थियो ।

ब्युरोले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा सम्बन्धित निकायहरूबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरू सञ्चालन गरेको, अवैध आर्थिक कारोबार गरेको, कम्पनीको उद्देश्यभन्दा फरक प्रकृतिका कारोबार गरेको, विभिन्न विदेशी नागरिकको कम्प्युटरमा पहुँच पु(याई एन्टीभाइरस नवीकरणको नाममा झुक्याएर रकम चोरी गरेको आरोप लगाइएको छ ।

विदेशमा ठगी गरेको रकम विभिन्न कम्पनी तथा व्यक्तिका बैङ्क खाताहरूमा जम्मा गरी स्रोत लुकाउन अन्य व्यक्तिहरूको नाममा तत्काल रकम ट्रान्सफर गरी ठगी गरेको खुलेको छ । शाहविरुद्ध सीआईबीमा ठगीको आरोप लगाउँदै २४ वटा उजुरी दर्ता भएका थिए । शाहको समूहले काठमाडौँ महानगरपालिका–७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पाइएको समेत अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । ठगी र सङ्गठित अपराधमा शाहसँगै पक्राउ परेका सात जना र फरार रहेका १३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । शाहको समूहले सङ्गठित रूपमा अवैध सम्पत्ति आर्जन गर्ने विभिन्न कम्पनी खडा गरी ५६ जनालाई ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अमेरिकी नागरिकलाई एन्टी भाइरस अपडेट, अमेजनको बिल भुक्तानीलगायतका विभिन्न प्रकारका अनलाइन सेवा घरमा पु(याउने भन्दै शाह र उनको समूहले सङ्गठित रूपमा ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ठगी गर्ने क्रममा कतिपय पीडितको बैङ्क खातामा अनाधिकृत रूपमा प्रवेश गरी खातामा रहेको रकम चोरी गरी नेपाललगायत अन्य मुलुकमा पु(याएको खुलेको छ ।

शाह र उनको समूहले विदेशी नागरिकबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको दाबी उजुरीकर्ताले गरेका छन् । जसमध्ये ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपियाँ नेपाल भित्रिएको पाइएको सीआईबीले बताएको छ । शाहका विभिन्न कम्पनीका नाममा बैङ्क खातामा रहेको एक करोड २८ लाख ९३ हजार ८५ रुपियाँ रोक्का गरिएको छ ।

ठगी गर्ने उद्देश्यसहित शाहले भागवत सुवेदीको नामबाट किर्ते औँठाछाप प्रयोग गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको, उक्त कम्पनी नामसारी गरी रुक्माङ्गत काफ्लेबाट र अनुप खड्काको नाममा नामसारी गरी पृथ्वीबहादुर शाहले अदृश्य रूपमा कारोबार गर्ने गरेको खुलेको छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.