काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि चर्को विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलाई सच्याउने तयारीमा देखिएका छन् ।
उनले विधेयकलाई सुधार गरेर मात्रै संसद्मा पेस गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट पारित भई संसद्मा दर्ता नहुँदै विधेयकमाथि सरोकारवालाले विरोध जनाएपछि सच्याएर मात्रै अघि बढाउने तयारी प्रधानमन्त्रीले गरेका हुन् ।
मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले विधेयकको कतिपय व्यवस्था प्रारम्भिक मस्यौदामा भन्दा उल्टो भएको गुनासो नै गरे । ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, बनेर फर्केर आउँदा कतिपय विषय बिल्कुल उल्टो भएर आएको देखियो ।
हामीले संसद्मा पठाइहाल्न खोजेको विधेयक रोक्यौं । सुधार नगरी पठाउन नहुने भयौं,’ प्रधानमन्त्री दाहालले भने, ‘हामी त्यसको खोजीमा छौं । कसले कहाँबाट त्यस्तो गर्यो त रु क्याबिनेटमा हामीले राम्रोसँग हेर्न पाएका छैनौं ।
मिडिया र बजारमा यो सही र यो गलत भन्ने कुरा कसरी भयो रु त्यस विषयमा कि पहिल्यै सरोकारवालाबीच कुरा भएको हुनुपर्यो । सरकारको हातको कुरा बजारमा कसरी पुग्यो अलि गम्भीर देखिएको छ ।’ कान्तिपुरबाट…
