DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन निर्देशन


  • श्रावण २५, २०८०
  • 207 Views
१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन निर्देशन image

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।

बिहीबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिँदै तत्काल राजश्व दाखिला नगरे हदैसम्मको कारबाही गर्ने समेत जानकारी गराएको छ ।आम्दानीको छ प्रतिशत रोयल्टी बुझाउनु पर्ने इन्टरनेट कम्पनीको नामावली :१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन निर्देशन
गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.