भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शिशुको मृत्यु प्रकरणस् चिकित्सकसँग ४८ घण्टे स्पष्टीकरण


  • आश्विन २१, २०८०
  • 348 Views
शिशुको मृत्यु प्रकरणस् चिकित्सकसँग ४८ घण्टे स्पष्टीकरण image

ओखलढुङ्गा । ओखलढुङ्गा सामुदायिक अस्पताल ९मिसन०मा उपचारको क्रममा ५३ दिने शिशुको ज्यान गएपछि शनिवार दिनभर अस्पतालमा तनाव उत्पन्न भयो । शिशुका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीले ज्यान गएको बताउँदै विरोध जनाए । आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरे । मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने, अस्पतालले लिखित क्षमायाचना गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाएका थिए ।

यस प्रकरणमा उक्त समयमा आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश कटुवाललाई ४८ घण्टे लिखित स्पष्टीकरण सोधिएको छ । कटवाललाई आन्तरिक छानबिन व्यवस्थापन समितिले किन कारबाही नगर्ने रु भनेर लिखित रूपमै स्पष्टीकरण मागेको अस्पतालका निर्देशक डा।रोशन खरेलले बताउनुभयो । अस्पतालका डा।जोन प्याजेटको संयोजकत्वमा चार सदस्यीय आन्तरिक छानबिन व्यवस्थापन समितिको गठन गरी कटुवाल सँग लिखित स्पष्टीकरण मागेको निर्देशक खरेलको भनाई छ । सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रवार राती ९ः४५ बजे अस्पतालमा ज्यान गएको थियो ।

पिसाब रोकिएर सिकिस्त बिरामी भएपछि शुक्रवार आफन्तले बालिकालाई ओखलढुङ्गा सामुदायिक अस्पताल ९मिसन०को इमर्जेन्सी कक्षमा पुर्याएका थिए । इमर्जेन्सी वार्डमा रहेका चिकित्सकले शिशुलाई सामान्य चेकजाँच पनि नगरी बहिरङ्ग विभाग तर्फ पठाएको बुबा डोम प्रसाद दाहालको भनाइ छ । बहिरङ्ग विभागमा लामो समय सम्म लाइनमा बसेर बच्चाको चेक जाँच गर्दा विभागका चिकित्सकले पुनः आकस्मिक कक्षमै लगेर उपचार गराउनु भनेपछि आकस्मिक कक्षमा लगिएको दाहालले बताउनुभयो ।

इमर्जेन्सी कक्षमा पुर्याउँदा बच्चाको श्वासप्रश्वासमा गम्भीर समस्या भइसकेको थियो’ दाहालका आफन्त देवकुमार दाहालले बताउनुभयो । बालिकालाई उपचारका लागि समयमै अस्पताल ल्याइएको भए पनि अस्पतालको लापरबाहीका कारण ज्यान गएको दाहालको भनाइ छ । गोरखा पत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.