भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

श्रीमानकाे दुर्घटनामा मृत्युपश्चात् श्रीमतीले गरिन् साइप्रसमा देहत्याग


  • मंसिर २४, २०७७
  • 631 Views
श्रीमानकाे दुर्घटनामा मृत्युपश्चात् श्रीमतीले गरिन् साइप्रसमा देहत्याग image

दोलखा । नेपालमा आफ्नो श्रीमान्को दुर्घटनामा परेर मृत्यु भएको खबर थाहा पाएलगतै साइप्रसमा एक युवतीले आत्महत्या गरेकी छन् । आइतबार दोलखाको विगु गाउँपालिका–५ लाइसेफमा बोलेरो दुर्घटनामा परेर चालक दोलखाकै गौरीशङ्कर गाउँपालिका–८ खारेका २४ वर्षीय सुविन तमाङको मृत्यु भएको थियो । श्रीमान्को मृत्यु भएको खबर पाएलगतै साइप्रसको लार्नाकामा घरेलु कामदारका रूपमा रहेकी २३ वर्षीय सुक्री तमाङले नेपाली समयअनुसार आइतबार राति नै आत्महत्या गरेको नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको छ ।

सुक्रीले टिकटकमा श्रीमान्को फोटो र ससुरासँग कुरा गरेको आवाज राखेर आमा, बुबा र सासूससुरासँग क्षमा माग्दै आफू पनि आफ्नो मुटुसँगै जान लागेको लेखेकी थिइन् । दोलखाकै विगु गाउँपालिकाको लादुक माइत भएकी सुक्री तामाङले तीन वर्षअघि सुविनसँग विवाह गरेकी थिइन् ।

उनी एक वर्षअघि घरेलु कामदारका रूपमा साइप्रस पुगेको उनका आफन्तले बताएका छन् । श्रीमान्को मृत्यु भएको खबर सुनेपछि सुक्रीले घरमा सासूससुरालगायत आफन्तसँग फोन गरेर आफू पनि सुविनसँगै जाने भन्दै पीडा पोखेकी थिइन् । आइतबार विगु गाउँपालिकाको ठाक्रेबोटबाट सिंगटी आउँदै गरेको बा२०च ४३७३ नम्बरको बोलेरो लाइसेफको जङ्गलमा सडकबाट झन्डै १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा सुविन तमाङको मृत्यु भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.