भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संक्रमितहरू सीधै घरतिर


  • चैत्र १६, २०७७
  • 544 Views
संक्रमितहरू सीधै घरतिर image

गौरीफन्टा । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन्। कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पोजिटिभ देखियो। तर, कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो। भारतबाट सँगै आएका उनका भाइको पनि रिपोर्ट पोजिटिभ देखियो। उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर बसेर बेपत्ता भए। प्रहरी र स्वास्थ्यकर्मीले खोजी गरे पनि उनी फेला परेनन्। ‘अहिले यहीनेर थिए। सायद घर गए होलान्’, उनका दाजुले भने।

सुर्खेतको लेकबेसी—४ का एक व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो। ज्वरो बढी नरहेको भन्दै उनलाई पाँचवटा मास्क दिएर हेल्थ डेस्कका स्वास्थ्यकर्मीले घर पठाए। नाकाबाट अरू पनि यात्रु बसेको अटोमा चढेर उनी धनगढी बसपार्क आए। उनले सुर्खेतका लागि बसको टिकट बनाएर घरतिर लागे। यस्तै, अछामको मंगलसेन–१४ का एक व्यक्तिमा कोरोना पोजिटिभ देखियो। उनलाई पाँचवटा मास्क दिएर घरमै आइसोलेसन बस्न भन्दै घर पठाइयो। उनी पनि नाकाबाट यात्रुले भरिएको अटो चढेर धनगढी बसपार्क पुगे। उनले अछामका लागि बसको टिकट बनाएका छन्।

भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँका विभिन्न राज्यमा शनिबार मात्रै ४९ हजार जनामा संक्रमण देखिएको छ। तीमध्ये पनि सात सयभन्दा बढीमा कोरोनाको दोस्रो चरणको भाइरस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपालतर्फ सीमा नाकामा हेल्थ डेस्क राखिएका छन्। त्यहाँ स्वास्थ्यकर्मी खटिएका छन्। उनीहरूले भारतबाट आएकाहरूको एन्टिजेन परीक्षण गरिरहेका छन्।

‘तर पोजेटिभ आएका व्यक्तिलाई सुरक्षित आइसोलेसनसम्म पुर्‍याउने कुनै साधन छैन। हामीलाई घरमा आइसोलेसन बस्ने र पाँचवटा मास्क दिएर पठाइदिने भनिएको छ’, गौरीफन्टा नाकाका हेल्थ डेस्क इन्चार्ज गणेश साउदले भने, ‘हामीले परीक्षण गरिदिने हो। पोजेटिभ देखिएका व्यक्तिहरूलाई कसरी घरसम्म पुर्‍याउने ? एम्बुलेन्सको व्यवस्थापन गर्ने र अस्पतालसम्म वा आइसुलेसनसम्म पुर्‍याउने कार्य स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकारको हो। उनीहरूलाई पठाउने साधन छैन।’

कैलालीको गौरीफन्टा नाकामा चैत ३ गते हेल्थ डेस्क राखिएको हो। त्यसको १० दिनमा मात्रै ३७ जनामा एन्टिजेन पोेजेटिभ देखिएको छ। ‘पाँच–छ जना बिरामी, जसलाई लक्षण नै देखिएको थियो, उनीहरूलाई त हामीले आफैं अटोको भाडा तिरेर सेती प्रादेशिक अस्पतालको आइसोलेसनसम्म पठायौं’, इन्चार्ज साउदले भने, ‘तर, अरू पोजिटिभ देखिएका र लक्षण नभएकाहरूलाई भने सीधै घर पठाउनुको विकल्प छैन।’ स्वास्थ्यकर्मीका अनुसार एन्टिजेन पोजेटिभ देखिएका व्यक्तिमा ९९ प्रतिशत पीसीआर पोजिटिभ देखिन्छ। यसमा व्यक्तिको स्वाब संकलन गरी १५ मिनेटमा परीक्षण गर्न सकिन्छ। ‘यसको विश्वसनीयता पीसीआरजत्ति नै हुन्छ। त्यसैले एन्टिजेन पोजेटिभ देखिएका व्यक्ति कोरोनाका संक्रमित हुन् भन्ने पक्कापक्की हुन्छ’, साउदले भने, ‘तर सार्वजनिक यातायातमा घर पठाउनुको विकल्प पनि छ हैन।’

सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार गौरीफन्टा भएर दैनिक हजारभन्दा बढी नेपाली स्वेदश फर्किरहेका छन्। दैनिक चार–पाँच जना पोजिटिभ देखिरहेका छन्। तर उनीहरूलाई सीधै घर जान दिइएपछि कोरोना समुदायमा फैलिने खतरा बढेको छ। सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले एन्टिजेन पोजेटिभ देखिएका व्यक्तिलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउन चुनौती रहेको स्वीकार गरे। ‘यसको व्यवस्थापनको जिम्मा प्रदेश र संघ सरकारले दिनुपर्ने हो’, निर्देशक डा. अवस्थीले भने, ‘निर्देशनालयले प्रदेश सरकार र संघीय सरकारलाई पनि यो समस्याका बारेमा पटकपटक जानकारी गराइसकेको छ।’

डा. अवस्थीले पोजिटिभ देखिएकालाई घर पठाउने हो भने नाकामा परीक्षण गर्नुको औचित्य नरहेको बताए। ‘आइसोलेसनमा राख्न सकियो, १० दिनजति सीमा क्षेत्रमै होल्डिङ सेन्टर बनाएर राख्न सकियो भने पो एन्टिजेन परीक्षण गरेको पनि उपलब्धि भयो’, उनले भने, होइन भने परीक्षण गरेर मात्रै समस्या समाधान हुँदैन।’

यो समाचार आजको अन्नपूर्ण देनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.