भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई घाटा, कसलाई फाइदा


  • बैशाख १४, २०७८
  • 841 Views
सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई घाटा, कसलाई फाइदा image

काठमाडौं । अन्ततः सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक एआईजीको एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो । सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्को लविंग हुँदै आएको थियो ।

सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक डीआईजीको पदावधि चाररचार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको समयमा सशस्त्र प्रहरी नियमावली २०७२ आएको हो । नयाँ नियमावली आउनु अगाडि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको पदावधि पाँच वर्ष रहेको थियो ।

तत्कालीन आईजीपी वन्तले एआईजी र डीआईजीलाई संगठन र नेतृत्वप्रति जिम्मेवार र अनुशासित बनाउन, कार्यसम्पादन राम्रो र क्षमता भएकालाई अगाडि बढाउने उद्धेश्यले नियमावलीमा चार जोड एकको व्यवस्था गरेका थिए । म्याद थप गरिएका दुबै जना एआईजी आईजीपी शैलेन्द्र खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएकाले अब खनालपछि केसी थोरै समय सशस्त्रको नेतृत्वमा पुग्नेछन् । आईजीपी खनालको चार बर्से कार्यकाल आगामी २८ चैतमा सकिदै छ । त्यसपछि अर्को वर्षको २० वैशाखसम्म केसी आईजीपी बन्नेछन् ।

सशस्त्रमा हाल एआईजीको दरबन्दी दुुई ओटा मात्रै रहेको छ । यही अवस्था रहेको अवस्थामा हाल सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआईजी रहेका खड्गबहादुर राई र मन्दिप श्रेष्ठ डीआईजीबाटै अवकाश पाउने भएका छन् । अब उनीहरुले आगामी २६ माघमा अवकाश पाउने छन् । सरकारले उनीहरु दुुबैको एक वर्ष म्याद थप गरेको थियो । दुबै एआईजीको म्याद थप नभएको भए राई खनालपछि एक वर्षका लागि सशस्त्रको नेतृत्वमा पुग्ने थिए । राई ११ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

केसीपछि भने वरिष्ठताका आधारमा प्रविणकुमार श्रेष्ठ आईजीपी बन्ने छन् । यसका लागि भने श्रेष्ठको पनि एक वर्ष पदावधि थप्नु पर्ने हुन्छ । पदावधि नथपेको अवस्थामा उनी आगामी ९ असारमा अवकाशमा जाने छन् । तर अहिलेसम्मको अवस्था हेर्दा सबै जनाको एक वर्ष पदावधि थपिएको छ । उनको एक वर्ष पदावधि थपिएको अवस्थामा उनी केसीपछि २६ कात्तिक २०८२ सम्म आईजीपी बन्नेछन् । श्रेष्ठपछि हालका डीआईजी राजु अर्याल र नारायणदत्त पौडेलमध्ये एक जना सशस्त्रको नेतृत्वमा पुग्ने छन् । केसी र पौडेलको म्याद थप भएकाले उनीहरुलाई अब नेतृत्वमा पुग्न थप सजिलो भएको छ । राजधानी दैनिकबाट……

 

 


Thali Mobile Pvt.Ltd.