काठमाडौ । संरा अमेरिकाले कोभिड–१९ को खोप बनाउन आवश्यक कच्चा पदार्थ दिन भारतले गरेको आग्रह अस्वीकार गरेको छ । भारतले यतिबेला कोभिड–१९ को महामारी ‘अत्यन्त भयावह अवस्था’ को सामना गरिरहेको छ । यस्तो अवस्थामा संरा अमेरिका भने २० करोड खोप उत्पादनको लक्ष्य पुर्याएकोमा खुसियाली मनाइरहेको छ । संरा अमेरिकी सरकारले विभिन्न अवसरमा महामारीविरुद्धको लडाइँमा भारतलाई समर्थन गर्दै आएको छ ।
संरा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले आइतबार भारतीय जनताप्रति सद्भाव र समर्थन दर्शाउँदै ट्वीट गरे । उनले लेखे,“कोभिड–१९ को भयानक महामारीबीच भारतीय जनतासँग हाम्रो मनमुटु छ । हामी भारत सरकारका हाम्रो साझेदारहरूसँग नजिकबाट काम गरिरहेका छौँ । हामी भारतका जनता र भारतीय स्वास्थ्य सेवाका नायकहरूलाई सहयोग गर्न तीव्रगतिमा थप समर्थन पठाउँदै छौँ ।” निःसन्देह संरा अमेरिकाले कोभिड–१९ ले तेर्साएका चुनौतीको सामना गरिरहेको अवस्थामा उसले आफ्नै आवश्यकता पूरा गर्न जोड दिनेछ ।
तसर्थ निकट भविष्यमा भारतलगायत अन्य देशलाई भाइरससँगको लडाइँमा संरा अमेरिकी सरकारले भरपर्दो सहयोग गरेको देख्न गा¥हो छ । भारतजस्ता देशले आफू संरा अमेरिकाको कठपुतली बन्न सक्ने विषयमा सजग हुनुपर्छ । संरा अमेरिकालाई जरुरत पर्दा ती देशहरू उपयोग हुन सक्छन् । तर, जब आफ्नो काम सकिन्छ, ती देशहरूले संरा अमेरिकाले कागजजस्तै मिल्काउन सक्छन् । संरा अमेरिका भारतलाई चीनविरोधी रथको रूपमा प्रयोग गर्न प्रपञ्च रच्दै छ । तर, जब संरा अमेरिकाले व्यवहारमै सहायताको हात बढाउने समय आइपुग्छ, ऊ अमेरिकी जनता नै ‘पहिलो र सर्वाधिक महत्वपूर्ण’ भन्दै आफ्नो वचनबाट पछि हट्न सक्छ ।
यस सन्दर्भमा संरा अमेरिका र पश्चिमा देशहरूको पाखण्ड र स्वार्थीपना उजागर भएको छ । केही भारतीयहरूले यो पाखण्डीपना अनुभव गरिसकेका छन् । “यदि कोभिड–१९ ले हामीलाई केही कुरा सिकाएको छ भने त्यो हो–मानवअधिकारप्रति पश्चिमा देशहरूको जोड भनेको ठुलो झूटमात्र हो”, ओपइन्डिया मिडियाका भारतीय लेखक के भट्टाचार्यले भनेका छन् । यद्यपि, संरा अमेरिकाले चीनमाथि दमन गर्न भारतको रणनीतिक मूल्यलाई विशेष महत्व दिएको छ । यदि फैलिँदो कोभिड–१९ को कारण भारत कमजोर बने त्यसले संरा अमेरिकाको चीनविरोधी अभियान पनि प्रभावित बन्नेछ । संरा अमेरिका कदापि त्यसो हुन दिने पक्षमा छैन ।
त्यसकारण संरा अमेरिकी सरकार भारतमा अनुदानको पोकासहित केही साङ्केतिक सहयोग लिएर पुग्न सक्छ । त्यस अतिरिक्त संरा अमेरिका नेतृत्वको क्वाडले पनि भारतलाई चिढाएको हुनसक्छ । क्वाडको ‘ऐतिहासिक’ सम्मेलनमा संरा अमेरिका, अस्ट्रेलिया र जापानले भारतमा खोप उत्पादन बढाउने प्रतिबद्धता पारित गरेका थिए । चीनले विभिन्न देश र क्षेत्रलाई गरेको खोप सहायताको जवाफमा त्यस्तो प्रस्ताव पारित गरिएको थियो । तथापि, जब भारत महामारीबाट नराम्ररी प्रभावित बनेको छ, दुवै संरा अमेरिका र अस्टे«लियाले मौखिक समर्थनमात्र गरिरहेको छ ।
जापान भने अहिलेसम्म चुप छ । दक्षिणपूर्वी एसिया र अन्य क्षेत्रमा खोपको अभाव पूर्ति गर्न सन् २०२२ को अन्त्यसम्ममा एक अर्ब खोप आपूर्ति गर्ने क्वाडले प्रतिबद्धता जनाएको थियो । तर, यो योजनाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । परिणामतः क्वाड साझेदारहरूसँग नजिकबाट सहकार्यको सन्दर्भमा भारत धेरै सम्भव केही अनकनाउन सक्छ । भारतलाई संरा अमेरिकाले खोपको लागि आवश्यक कच्चा पदार्थ दिन अनकनाइरहेको बेला चीनलगायतका देशहरूले भने सहयोगको हात बढाइरहेका छन् ।
वास्तवमा चीनसँग आफ्ना छिमेकीहरूलाई सहयोग गर्ने क्षमता छ । जिम्मेवार प्रमुख शक्तिको नाताले चीनलाई आफ्नो अन्तर्राष्ट्रिय र क्षेत्रीय जिम्मेवारी राम्ररी थाहा छ । छिमेकीहरूका हरेक प्रतिकूलता र अनुकूलतामा चीन सँगै बस्न चाहन्छ । भारत सरकारले चीनको सद्भावको सङ्केतलाई कुनै प्रतिक्रिया दिएको छैन । मोदी सरकारलाई निकै असजिलो लागिरहेको हुनसक्छ । भारतमा अक्सिजन र व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० जस्ता स्वास्थ्य सामग्रीको चर्को अभाव भइरहेको बेला अन्तर्राष्ट्रिय समुदायको सहायताको खाँचो छ । सँग–सँगै हालैका वर्षमा चीनसँगको बिग्रँदो सम्बन्धको कारण भारतका चीनविरोधी शक्तिको दबाब पनि भारत सरकारलाई छ ।
संरा अमेरिकाबाट सहायता पाउन भारतले भोगेको असफलताबाट जनताले के सन्देश पाउने रु पहिलो, भारतजस्तो ठुलो विकासशील र उदयीमान देशले मुख्यत ः जनताको सुरक्षा कायम गर्न आफै महामारी नियन्त्रणमा जोड दिनुपर्छ । त्यसकारण, भारतले सबै अवस्तुगत कूटनीतिक योजना एक कुनामा थन्काउनु बुद्धिमानी हुन्छ । कोभिड–१९ खोप अन्य देशलाई सहायता दिएर आफ्नो प्रभाव विस्तार गर्ने भारतको प्रयास भारतीय जनताको हित र महामारीको रोकथामको लागि हानिकारकमात्र छैन बरु भारतको भविष्यको विकासको लागि समेत उपयुक्त होइन ।
दोस्रो, भारतले कुनै एउटा देशतिर ढल्कनुको सट्टा आफ्नो रणनीतिक स्वायत्तता कायम राख्नुपर्छ । भारत स्वायत्त विकासको पक्षपाती हो । तर, पछिल्ला केही वर्षयता भूराजनीतिक महत्वको कारण भारत संरा अमेरिकातिर ढल्केको छ । त्यसकारण, भारत चीनसँगको खेलमा सामेल भएको छ । तर, भारतले आज जे सामना गरिरहेको छ त्यसले संरा अमेरिका र क्वाड उसको लागि भरपर्दो नभएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय समुदायमा उठेका विभिन्न आवाजले भारतभरि सङ्क्रमण डढेलोजस्तै फैलिरहेको बेलामा संरा अमेरिका खास भारतलाई सहयोग गर्न अग्रसर नभएको देखाएको छ । यही कारण भारतले वास्तविक अमेरिकालाई चिन्ने आशा गरौँ ।
स्रोतः ग्लोबल टाइम्स । साभार मजदुर दैनिकबाट……
