भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति


  • भाद्र ११, २०८०
  • 291 Views
साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति image

काठमाडौँ। आर्थिक वर्ष २०७९ र ८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८० र ८१ को पहिलो महिनामा घटेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो ।

जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार चालु आवको साउनमा बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १६ हजारभन्दा बढी रहेको छ भने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत ३९ हजार १५२ श्रमिकले विदेश जान श्रम स्वीकृति लिएका छन् ।

विभागका निर्देशक कविराज उप्रेतीले गत आवको तुलनामा केही घटेको देखिए पनि तुलनात्मक रूपमा ५५ हजारले श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या कम भन्न नमिल्ने बताउनुभयो । उहाँका अनुसार गएको आवको असारमा पनि साढे ५५ हजारकै हारहारीमा श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

गत आवमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७१ हजार पुगेको थियो । अघिल्लो आव भने छ लाख ३१ हजारले गएका थिए । गत आवमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्ला आवको सोही अवधिको तुलनामा एक लाख ४० हजारले बढी छ । आव २०७७र७८ मा एक लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीका लागि जान श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६ र ७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ ।

विभागका अनुसार नेपालको आन्तरिक सिर्जना गर्न नसकेका बेला रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारी कोभिड सङ्क्रमणका कारण दुई वर्ष सुस्त रहे पनि हाल कोभिडअघिकै अवस्थामा छ । विभागका निर्देशक उप्रेतीले देशमा रोजगारीका अवसर नहुनु, श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवा पूर्ण अनलाइन हुनुले पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताउनुभयो । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.