DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुनकाण्ड र चिकित्सक कुटपिटले तात्यो प्रदेशसभा


  • भाद्र ३१, २०८०
  • 250 Views
सुनकाण्ड र चिकित्सक कुटपिटले तात्यो प्रदेशसभा image

मकवानपुर । बाग्मती प्रदेशसभाको शनिबार बैठकमा हेटांैडामा ५ दिनअघि चिकित्सक पिटिएको र प्रदेशमा मन्त्री सुनकाण्डमा तानिए’ टिप्पणी भएको छ । प्रदेशसभाको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद तथा प्रदेशसभाका पूर्वमन्त्री एकालाल श्रेष्ठले गत भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा भएको डाक्टरमाथिको हातपातका विषयमा समिति बनाएर अनुसन्धान गर्नुपर्ने माग गरे ।

बाग्मती प्रदेशसभाको दोस्रो अधिवेशनको ३१औं बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले घटनामा दोषी’ विशेष समिति बनाएर छानबिन गर्नुपर्ने बताए । ‘डाक्टरमाथि आक्रमण हुनुपर्ने अवस्थाको कारण के गरी सिर्जना भयो भन्ने विषय पनि महत्वपूर्ण छ,’ उनले भने, ‘गम्भीर अनुसन्धानपछि निचोडमा पुग्नुपर्नेछ ।’ हेटाडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालन हँुदै आएकामा प्रदेश सरकारबाट समेत लगानी भई स्वास्थ्य क्षेत्रमा सुधार हुँदै आएको उनले बताए । सन्चो अस्पतालमा भएको डाक्टर कुटपिटको घटनामा समिति बनाई कार्य गर्नुपर्ने बताए । हालपात गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने सांसद श्रेष्ठले माग गरे ।

शनिबार भएको प्रदेशसभा बैठकमा मकवानपुरमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले प्रदेशसभा भवनअगाडि धर्ना दिएका दिए । काम गर्ने वातावरण हुनुपर्ने, दोषीलाई कारबाही गरिनुपर्ने, चिकित्सकलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेलगायतका माग राख्दै प्रदेश सांसदको ध्यानाकर्षण गराएका थिए । यसैगरी, केही दिनअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब १ किलो सुन प्रकरणमा बाग्मती प्रदेशका मन्त्री समेत संलग्न भएकोमा नेकपा एमालेले जवाफ माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाको नाम सुन प्रकरणमा संलग्न भएको भन्दै सभासमक्ष उनले जवाफ दिनुपर्ने माग गरेका हुन् । थपलियाले भने ‘मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएको छ, यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्छ ।’

गत मंगलबार प्रहरीले विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत ल्याएको सुन प्रकरणमा मन्त्री लामाको नाम जोडिएर समाचार आएको थियो । सो प्रकरणमा मन्त्री लामाको नाम मुछिएको भन्दै थपलियाले सरकारले र मन्त्रीले समेत जवाफ दिनुपर्ने बताए ।

यद्यपि, मन्त्री लामाले एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै आपत्ति जनाएका छन् । मन्त्री र कांग्रेस जिल्ला समिति काभ्रे सभापतिको हैसियतमा आफ्नो धेरै जनसम्पर्क हुन्छ, अर्कै प्रसंगमा खिचेको तस्बिरका कारण आफ्नो नाम जोड्नु गलत हुने उनले बताए ।

१ किलो सुन प्रकरणमा काभ्रेका तरुण दलका नेता विकास लामा प्रहरीको खोजी सूचीमा परेका छन् । उनको गाडी प्रहरीले बरामद गरेको छ । विकाससँग सम्बन्ध रहेको भन्दै आफ्नो नाम जोडिएकामा नेता तीर्थबहादुर लामाले आपत्ति जनाएका हुन् । ‘मलाई विवादमा ल्याउन चाहने दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु’ उनले भनेका छन् । मन्त्री लामाले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । छानबिनका लागि आफूले पनि सहयोग गर्ने उनले बताए ।

विशेष समय बोल्दै एमालेका दलका नेता जगन्नाथ थपलियाले समिति बनाएर मन्त्रालयको टुंगो लगाइएको तर सरकार मन्त्रालय थप्ने तिर लागिपरिरहेकोमा आपत्ति जनाए । ‘कमजोर अवस्थामा रहेकोमा विकास निर्माण अलपत्र छ, ठेकेदारले भुक्तानी पाएका छैनन्, यसमा सरकारको ध्यानाकर्षण गर्दछु’ उनले भने । उपचारको क्रममा लापरबाही भएको भन्दै हेटौंडामा भएको डाक्टर कुटपिटको घटना सरकारलाई थाहा छ कि छैन प्रश्न गर्दै थपलियाले भने अस्पलातबाट हुने लापरबाही रोकिनुपर्ने उनले बताए ।

‘कानुनी कारबाहीको बाटो रहेको अवस्थामा सरकार बेखबर छ डाक्टर मौन छ, डाक्टरले प्रदेशसभा घेरेका छन्, कुटपिट गर्नेलाई कानुनको दायरामा कारबाहीमा ल्याउनुपर्छ, कमसेकम प्रदेशस्तरमा सञ्चालित अस्पताल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गर्दछु’, थपलियाले भने । प्रदेशसभाअन्तर्गतका समितिको सभापति नौ महिनाको अवधिमा समेत चयन नहुँदा सदनका कामकारबाही सञ्चालनमा समस्या परेको भन्दै उनले मिनी संसदको रूपमा रहने समितिको सभापति चयन गर्न सभामुखको ध्यानाकर्षण गराए ।

यसैगरी, सांसद वसन्त मानन्धरले बाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षमा तय गरेको कार्ययोजना कार्यान्वयनका क्रममा बिचौलियाका कारण कार्यान्वयनमा चुनौती रहेको बताए । उपभोक्ताले गर्नुपर्ने कामलाई केही सांसद तथा स्थानीय जनप्रतिनिधिले ठेकेदारमार्फत योजना कार्यान्वयन गर्ने गरेकोमा लागत अधिक भई काम कम गुणस्तरको हुने गरेको उनले बताए । बाग्मती प्रदेश सरकारले प्रदेशमा भएका सम्पदा चिन्न नसकेको उनले बताए । सम्पदासँग जोडिएका कामका लागि छुट्टै मूल्य निर्धारण गरिनुपर्ने उनले बताए ।

यस्तै, सांसद कुमार श्रेष्ठले जनता चाडबाड मनाउन ऋण लिने अवस्थामा रहेकामा प्रदेशका पदाधिकारीका लािग काठमाडौंमा करोडौंको संरचना बनाएकोमा आपत्ति जनाए । धादिङबाट काटमाडांै जोड्ने मार्ग निर्माणमा ढिलाइ भएकोमा उनले सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै, सांसद मधुसुदन पौडेलले धार्मिक जातीय अतिवादीले विवादित गतिविधि गरिरहेको उनले बताए । यसले लोकतन्त्र र गणतन्त्रमा असर पर्ने उनको भनाइ थियो । सरकारले फजुल खर्च कम गर्दै सुशासन कायम गर्न सरकार असफल भएको भन्दै सांसद पौडेलले सरकारलाई यसतर्फ सचेत गराए ।

‘कालोबजारी रोक्न सरकार सचेत हुनु जरुरी छ, नेपाली उत्पादनले बजार नपाउने तर आयातीत कृषिउपजले उचित बजार पाउने वातावरणले उत्पादन खेर गइरहेको छ’, उनले भने । काठमाडौंको ट्राफिक व्यवस्थापन र वातावरण प्रदूषण रोक्नेतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताए । शनिबारको प्रदेशसभा बैठकको विशेष समयमा सांसदहरू ठाकुरप्रसाद ढकाल, प्रभात तामाङ, दिनेशचन्द्र देवकोटा, मायादेवी शर्मा, शिवराज अधिकारी, रामेश्वर श्रेष्ठ, सुष्पा भुजेल न्यौपाने, निरज बज्राचार्य, टिका थानी, श्रीराम लामिछाने, केशव प्रसाद पोखरेललगायतले बोलेका थिए ।

सभाले संविधान सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङप्रति प्रदेशसभामा बोल्ने सदस्यले श्रद्धाञ्जली प्रकट गरेका छन् । भने सभाले शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । प्रदेशसभाको अर्को बैठक असोज १४ गते आइतबार बिहान ११ः३० बजे बस्ने सभामुख भुवनकुमार पाठकले बताए । प्रदेशसभाअगाडि चिकित्सकको धर्ना, चितवनका स्वास्थ्यकर्मीको ऐक्यबद्धता हेटौंडाका दुई जना चिकित्सक कुटपिटमा संलग्न सबैलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले बाग्मती प्रदेशसभा अगाडि धर्ना दिएका छन् ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका चिकित्सकद्वय डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरिएको थियो । कुटपिटको विरोधमा स्वास्थ्यकर्मीले आकस्मिकबाहेक सबै स्वास्थ सेवा बन्द गरेका छन् । स्वास्थ्यसेवा बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरूले शनिबार प्रदेशसभा अगाडि धर्ना दिएका हुन् । सरकार र प्रदेशसभा सदस्यको ध्यानाकर्षण गराउन धर्ना दिनुपरेको उनीहरूले जनाएका छन् ।

हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मी धर्नामा सहभागी छन् । प्लेकार्ड र ब्यानर बोकेर धर्नामा बसेका स्वास्थ्यकर्मीले पेसागत सुरक्षाको माग गरेका छन् । कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान छन् । हेटौंडा उपमहानगरपालिका–१२ का राजेश प्रधान डेंगु लागेपछि गत साउन २५ गते सन्चो अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार हुन नसकेपछि चितवन रिफर गरिएको थियो । उनको चितवनमै उपचारका क्रममा मृत्यु भएको थियो ।

सन्चो अस्पतालका चिकित्सकको लारबाहीले मृत्यु भएको भन्दै उनका आफन्तले एक महिनापछि अस्पतालमै गएर चिकित्सकलाई कुटपिट गरेका हुन् । पक्राउ पर्ने प्रधानकै आफन्त हुन् । प्रहरीले पीडित चिकित्सक र प्रधान परिवारबिच मिलापत्र गराउन खोजेपछि स्वास्थ्यकर्मी आक्रोसित बनेका हुन् । नेपाल चिकित्सक संघले कुटपिटमा संलग्न दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ । घटनामा संलग्न अन्यलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मी धर्नामा बसेका हुन् । प्रदेश सांसदको ध्यानाकर्षण गराउन प्रदेशसभाअगाडि धर्ना दिएको हेटौंडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा। हरिबहादुर खड्काले बताए । बाग्मती प्रदेशसभाको बैठक पनि चलिरहेको छ ।

यसैबिच आन्दालनमा रहेका मकवानपुरका चिकित्सकलाई चिवनका चिकित्सकले ऐक्यबद्धता जनाएका छन् । शनिबारै हेटौंडा आएपुगेका दर्जन बढी चिकित्कसको समूहले हेटौंडाको नागरिक समूहका अगुवा र जिल्लाका चिकित्सकसँगको छलफलमा चितवनका चिकित्सकले पनि सहभागिता जनाएका थिए । स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको बिरोध गर्दै आन्दोलनमा आफूहरूको साथ रहने चितवनका स्वास्थ्यकर्मीले बताएका छन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.