भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हलिया मुक्तिको १२ वर्ष : ‘हलो छुट्यो, दुःख छुटेन’


  • भाद्र २१, २०७७
  • 441 Views
हलिया मुक्तिको १२ वर्ष : ‘हलो छुट्यो, दुःख छुटेन’ image

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिकै गहताडी खोला किनारमा सानो छाप्रो छ । जस्तापाताले छाएको यही छाप्रोमा १२ वर्षदेखि बसिरहेका छन्, ८१ वर्षीय लक्ष्मी दमाईं र उनकी पत्नी सरस्वती । अवश्यम्भावी परिवर्तन आउँछ भन्ने संकेत गर्न ‘१२ वर्षमा खोलो फर्कन्छ’ भन्छन् ।

तर, मुक्त भएको १२ वर्षसम्म पनि यी पूर्वहलियाको जीवनमा राज्यले नै ल्याउँछु भनी उद्घोष गरेको परिवर्तनको छिटोसमेत परेको छैन । सरकारले ०६५ भदौ २१ मा हलिया मुक्तिको घोषणा गरेको आज १२ वर्ष पूरा भएको छ । १२ वर्षअघि उनीहरूसँगै मुक्त भएकाहरूले जमिन र घर पाए । तर यो दम्पतीले हालसम्म मुक्त हलियाको परिचयपत्रसमेत पाएको छैन । लक्ष्मी दमाईं १० वर्षको उमेरमा बैतडीबाट बसाइँ सरेर यहाँ आएका हुन् । त्यही बेलादेखि विभिन्न ठाउँमा हलिया बसे ।

महेन्द्रनगर र भीमदत्त नगरपालिकाको सुकासालमा लामो समय जमिनदारका खेत खलियान जोतेरै उनले बैंस गुजारे । मुक्ति घोषणापछि हलो जोत्ने काम छुट्यो । तर, गाँसबासको चिन्ता छुटेन, बरु थपियो । ‘कहीँ ठाउँ नपाएपछि यही खोला किनारमा ढुंगा पन्छाएर बसेको हुँ,’ उनी बिलौना गर्छन्, ‘सबैले घरजग्गा पाए, हामीले केही पाएनौं ।’ घोषणापछि हलो जोत्ने कामबाट मुक्ति पाए पनि उनलाई केही वर्ष दैनिक गुजारा गर्न भने निकै समस्या भयो ।बुढेसकालमा काम गर्न नसक्ने भएकाले खानलाउन धौधौ भएको उनले सुनाए ।

‘हलो जोत्दा त साहुले नै पिठो–चामल दिन्थे, त्यसैबाट गुजारा चल्थ्यो,’ उनले भने, ‘मुक्त भएपछि काम पनि गर्न सकिएन, पिठो–चामल त के बस्ने ठेगान पनि भएन ।’ छोराछोरी अलग बस्न थालेपछि उनीहरूलाई झनै समस्या भएको छ । सामाजिक सुरक्षा भत्ता पाउने भएकाले त्यसैबाट खर्च चल्ने गरेको लक्ष्मी बताउँछन् । ५० वर्षीय जञ्जाली दमाईं पनि आफन्तको जमिनमा छाप्रो बनाएर बसेका छन् । भीमदत्त–१० सुकासालमा लामो समय हलिया बसेका उनले पनि मुक्त घोषणापछि पुनःस्थापना कार्यक्रमअन्तर्गत कुनै सुविधा पाएनन् ।

घरजग्गा त के लगत संकलनमै उनको नाम छैन । ‘हलिया मुक्ति घोषणापछि साहुले घरबाट धपाए, त्यतिबेला कहाँ जाने रु’ उनले भने, ‘खोला किनारमा छाप्रो बनाएर बसें, त्यहाँ पनि गाह्रो भएपछि यहाँ आएर आफन्तको जमिनमा बसेको छु ।’ उनीसँगै हलिया बसेकाहरूले जमिनसँगै घर निर्माणका लागि पटकपटक रकम बुझेका छन् । तर उनको लगत संकलन नै हुन सकेन । त्यतिबेला काम बढी भए पनि खानलाउन समस्या थिएन । साहुले खानलाउन दिन्थे । तर अहिले काम छैन ।

‘अहिलेभन्दा पहिले नै सजिलो थियो,’ उनले भने, ‘अहिले त काम नपाएर भोकै बस्नुपर्ने दिन आएका छन् ।’ ब्रह्मदेवमा एक सयभन्दा बढी मुक्त हलियालाई पुनःस्थापना गरिएको छ । सोही क्षेत्रमा एक दर्जनभन्दा बढी परिवारहरूको पुनःस्थापना हुन बाँकी छ । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार जिल्लाभरिमा ७३० मुक्त हलिया परिवारको पुनःस्थापना हुन बाँकी छ ।

त्यसमध्ये घरजग्गा नभएका १६१ परिवारले पुनःस्थापनाअन्तर्गत केही पाएका छैनन् । उनीहरू खोला किनार र आफन्तकहाँ बसेका छन् । ‘पछिल्लो पटक पुनःस्थापनाको जिम्मा स्थानीय तहलाई दिएपछि झनै समस्या भएको छ,’ राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले भने ।कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.