भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय

रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय

मुख्य बुँदा

रसुवा र नुवाकोटका २६ स्थानमा बाढीपीडितका लागि आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ।

एकै दिन ३ हजार ४५४ जना प्रभावितलाई आश्रय तथा राहत वितरण ।

नदीपारिका केही क्षेत्रमा सडक पहुँच नभएपछि हेलिकप्टरमार्फत उद्धार तथा राहतको व्यवस्था ।

काठमाडौँ, १५ भदाै । बाढी तथा पहिरोबाट प्रभावित नागरिकले राहत नपाएको गुनासो गरिरहेका बेला सरकारले रसुवा र नुवाकोटका विभिन्न स्थानमा राहत वितरण तथा आश्रयस्थल सञ्चालनमा ल्याएको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई जिल्लाका २६ स्थानमा प्रभावित नागरिकलाई राख्न आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा छन् ।

पछिल्लो एक दिनमा मात्रै ३ हजार ४५४ जना प्रभावितलाई आश्रय तथा राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । नुवाकोटको विदुर नगरपालिका–३ तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ । त्रिशूली ढुङ्गे तथा सिमचौर क्षेत्रका प्रभावितलाई सेफहाउस र किरियापुत्री भवनमा व्यवस्थापन गरिएको छ ।

त्यस्तै, बेत्रावती क्षेत्रका प्रभावितलाई स्वास्थ्य चौकी तथा बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हलमा राखिएको छ । देवीघाट क्षेत्रका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा आश्रय दिइएको छ । बेत्रावती भैँसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैँयरीनी माध्यमिक विद्यालयमा राखिएको छ भने त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल, भैरुम माध्यमिक विद्यालय, रिमालडाँडा र इन्द्रायणी माध्यमिक विद्यालयमा बनाइएका शिविरमा व्यवस्थापन गरिएको छ ।

विदुर–३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालयमा राखिएको प्राधिकरणले जनाएको छ । विदुर–९ का प्रभावितलाई त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा आश्रय दिइएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटे–जिलिङ क्षेत्रका प्रभावितलाई महादेव माध्यमिक विद्यालयमा राखिएको छ ।

किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आधारभूत विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएको छ ।रसुवाबाट विस्थापित केही प्रभावितलाई नुवाकोटको बट्टारस्थित तामाङ प्लाजामा राखिएको प्राधिकरणले जनाएको छ ।

आश्रयस्थलमै स्वास्थ्य सेवा

प्राधिकरणका अनुसार विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ स्थित महादेव माध्यमिक विद्यालय र विदुर–९ स्थित शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोलीसमेत परिचालन गरिएको छ ।

बाढीका कारण त्रिशूली नदीपारिका कतिपय क्षेत्रमा सडक तथा पुलको पहुँच प्रभावित भएकाले त्यस्ता क्षेत्रमा हाल हेलिकप्टरबाट मात्रै पुग्न सकिने अवस्था रहेको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई निरन्तरता दिँदै वैकल्पिक मार्गबाट आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको प्राधिकरणको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.