भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हिउँदे अधिवेशन आज सुरु हुँदै


  • फाल्गुन २३, २०७७
  • 704 Views
हिउँदे अधिवेशन आज सुरु हुँदै image

काठमाडौँ । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबार प्रारम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अधिवेशनको पहिलो बैठक तोक्नुभएको छ ।  प्रतिनिधि सभा विघटन बदर गरेसँगै १३ दिनभित्र अधिवेशनको बैठक राख्न सर्वोच्चले परमादेश जारी गरेको थियो । सोहीअनुसार हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन हुँदा राष्ट्रिय सभाको हिउँदे अधिवेशन यसअघि नै प्रारम्भ भई अन्त्य भएको थियो । सङ्घीय संसद्को निर्वाचनपछि दुई सदनको फरक–फरक रूपमा अधिवेशन बसेको यो पहिलो पटक हो ।

सङ्घीय संसद् सचिवालयले पहिलो बैठकको सम्भावित कार्यसूची शनिबार प्रकाशनसमेत गरेको छ । बैठक प्रारम्भसँगै अधिवेशन आह्वानको पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्र पनि सदनको जानकारीका लागि पेस गरिने छ । यस्तै बैठकमा अधिवेशन नभएको अवस्थामा सरकारले जारी गरेका आठवटा अध्यादेश पनि पेस हुनेछन् ।

ती अध्यादेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश पेस गर्नुहुने छ । यस्तै गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय)सम्बन्धीअध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्नुहुने छ ।

यस्तै बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश पेस गर्नुहुने छ । कानुनमन्त्री लीलानाथ श्रेष्ठले पनि तीन अध्यादेश पेस गर्नुहुने छ । फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश कानुनमन्त्री श्रेष्ठले पेस गर्नुहुने छ ।

बैठकमा प्रतिनिधि सभाका बहालवाला तथा यसअघिका सांसदहरूको निधनमा शोक प्रस्तावको कार्यसूचीसमेत रहेको छ । बहालवाला तथा पूर्व गरी १४ जनाको निधनको शोक प्रस्ताव पारितको कार्यसूची रहेको छ । सदनले प्रतिनिधि सभा सदस्यद्वय सानु शिवा र सूर्यबहादुर केसीको निधनमा शोक प्रस्ताव पारित गर्नेछ ।

यो समाचार आजको गोर्खा पत्र देनिकमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.