भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

५० प्रतिशत मतगणना सकियो, नतिजाको पर्खाइमा कार्यकर्ता


  • मंसिर २८, २०७८
  • 433 Views
५० प्रतिशत मतगणना सकियो, नतिजाको पर्खाइमा कार्यकर्ता image

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको ५० प्रतिशत मतगणना सकिएको छ। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन्। गणनामा डा.शेखर कोइरालाले दोस्रो, प्रकाशमान सिंह तेस्रो मत प्राप्त गरिरहेका छन् । पछिल्लो समयमा देउवाले मतान्तर बढाएका छन्।

मतगणना जारी रहँदा मतदाता र कार्यकर्ता नतिजाको पर्खाइमा राष्ट्रिय सभा गृह अगाडि भेला भएका छन्। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन्।

त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्। पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अन्नपूर्ण पोष्ट दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.