भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

९ महिनामा १ लाख ५ हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए


  • आश्विन २७, २०८१
  • 196 Views
९ महिनामा १ लाख ५ हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए image

जोमसोम । ९ महिनामा १ लाख ५ हजार ६९८ जना विदेश पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। मुस्ताङ भ्रमण गर्ने पर्यटकमध्ये ९० हजार ८१ जना सार्क राष्ट्रका छन् भने १५ हजार ६१७ जना अन्य मुलुकका विदेशी पर्यटकहरू रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गत रहेको एक्याप चेकपोष्ट जोमसोमले जनाएको छ।

सन् २०२४ को जनवरीदेखि अक्टोबर ८ तारिखसम्ममा विदेशी पर्यटक संख्याको ८२।६६ प्रतिशत सार्क र १७ दशमलव ३३ प्रतिशत अन्य मुलुकका विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए।

सन् २०२४ को ९ महिना अवधिमा सबैभन्दा बढी मे महिनामा २९ हजार ७६२ जना र सबैभन्दा कम जनवरी महिनामा २ हजार १२६ जना विदेशी पर्यटकको मुस्ताङ आगमन रहेको एक्याप जोमसोम चेक पोष्टको तथ्यांकमा उल्लेख छ। सन् २०२४ को अक्टोबर ८ तारिखसम्म २ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे।

एक्यापका अनुसार सेप्टेम्बरको अन्तिमदेखि अक्टोबर ८ तारिखसम्म गतवर्षको तुलनामा निकै कम विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमको बुझाई छ। कार्यालय प्रमुख प्रमोदराज रेग्मीले अविरल परेको वर्षाले देशका विभिन्न स्थानमा बाढी,पहिरो र नदी कटानले सडक अवरुद्ध भएकै कारण मुस्ताङमा विगतको वर्ष भन्दा कम विदेशी पर्यटक मुस्ताङ भित्रिएको उल्लेख गरे।

यस्तै, मुस्ताङ भित्रिएका कुल पर्यटक संख्याको ८ हजार ३९७ जनाले राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत लमजुङको बेसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे। मुस्ताङ भित्रिएका कुल पर्यटक संख्यामध्ये ७।९४ प्रतिशतले अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङमा ईन्ट्री भएको कार्यालय प्रमुख रेग्मीको भनाई छ।

मनाङ हुँदै अन्नपूर्ण पदमार्गको भ्रमण गरी मुस्ताङ भित्रिएका पर्यटकमध्ये ९७।०७ प्रतिशत अन्य मुलुकका र २।९२ प्रतिशत सार्क राष्ट्रका विदेशी पर्यटक छन्। राउण्ड हुँदै सबैभन्दा धेरै मे महिनामा १ हजार ८१८ र सबैभन्दा कम जनवरी महिनामा १ सय ८६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।

सन् २०२३ मा कुल १ लाख २१ हजार ३५२ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। मुस्ताङ भित्रिने पर्यटकमध्ये अधिकांश सार्क राष्ट्रका भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीको भनाई छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनप्रति भारतीय तीर्थालुको अभिरुचि बढी रहने भएकाले मुस्ताङमा भारतीय पर्यटकको आगमन अधिक रहन पुगेको उनले जनाए। अन्नपूर्ण पोष्ट दैनिकबाट …

 


Thali Mobile Pvt.Ltd.