भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कृषि बीमा प्रभावकारी नभएको गुनासो


  • फाल्गुन १९, २०७८
  • 241 Views
कृषि बीमा प्रभावकारी नभएको गुनासो image

काठमाडौँ । सरकारले किसानका लागि कृषि बीमा कार्यक्रम सञ्चालनमा ल्याए पनि प्रभावकारी नभएको गुनासो बढ्दै गएको छ । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसान एकदमै न्यून रहेको बताइएको छ । राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालले कृषि बीमा कार्यक्रम सन्तोषजनक नरहेको गुनासो गर्नुभएको छ । किसानका लागि कृषि बीमा ल्याए पनि ठोस नीतिको अभावमा त्यो प्रभावकारी नभएको बताउँदै उहाँले कृषि बीमाको नीति नै परिवर्तन गर्नुभएको धारणा राख्नुभयो ।

उहाँले कृषि बीमाको तथ्याङ्क हेर्दा सन्तोषजनक अवस्था नरहेको र सरकारले कृषि बीमाका लागि ठोस नीति बनाउनुपर्ने कुरामा जोड दिनुभयो । बीमा कम्पनीहरूको नियामक बीमा समितिले २०६९ देखि किसानलाई लक्षित गरेर कृषि बीमा कार्याक्रम सुरु गरेको थियो । नियामक निकाय बीमा समितिले निर्जीवन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन गरेको थियो । तर समितिले दिएको निर्देशनअनुसार बीमा सस्थाले कृषि क्षेत्रमा बीमा गराउन नसकेको गुनासो बढ्दैछ । सरकारले कुल प्रिमियममा २० प्रतिशत मात्र किसानले र बाँकी ८० प्रतिशत सरकारले व्यहोर्ने व्यवस्था छ ।

चालू आर्थिक वर्ष २०७८÷०७९ को हालसम्म वीमाङ्क रकम नौ अर्ब २७ करोड, बीमा शुल्क ४१ करोड ३७ लाख, अनुदान २४ करोड ५२ लाख, बीमालेख सङ्ख्या ३६ हजार एक सय, दाबी भुक्तानी सङ्ख्या ३७, दाबी भुक्तानी रकम ३४ लाख ४५ हजार रहेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा पशु तथा कृषि बीमामा बीमाङ्क रकम ४३ अर्ब ३० करोड, बीमा शुल्क एक अर्ब ९३ करोड, अनुदान एक अर्ब ४५ करोड, बीमालेख सङ्ख्या एक लाख ९३ हजार, दाबी भुक्तानी सङ्ख्या २१ हजार ६ सय र दाबी भुक्तानी रकम ६४ करोड ९३ लाख रहेको बताइएको छ ।

त्यसमा बाली बीमातर्फ बीमाङ्क रकम दुई अर्ब ९१ करोड, बीमा शुल्क १५ करोड ३८ लाख, अनुदान ११ करोड ५३ लाख, बीमालेख सङ्ख्या पाँच हजार दुई सय, दाबी भुक्तानी सङ्ख्या १९ सय २३, दाबी भुक्तानी रकम १० करोड ४० लाख रहेको छ । यता पशु बीमातर्फ भने बीमाङ्क रकम ४० अर्ब ३९ करोड, बीमा शुल्क १ अर्ब ६७ करोड, अनुदान १ अर्ब ३३ करोड, बीमालेख सङ्ख्या एक लाख ८८ हजार, दाबी भुक्तानी सङ्ख्या ११ हजार सात, दाबी भुक्तानी रकम ५४ करोड ५२ लाख रुपियाँ रहेको छ ।

यो तथ्याङ्कलाई केलाउने हो भने पशुमा भन्दा बाली बीमाको अवस्था दयनीय रहेको पाइन्छ । बीमा समितिका निर्देशक सुशील देव सुवेदीले पशु बीमामा भन्दा बाली बीमाको एकदमै चुनौतीपूर्ण रहेको बताउनुभयो । पशु बीमा गर्न अलि सजिलो छ, चारखुट्टे जनावरलाई एउटै समूहमा राखेर बीमा गर्न सकिन्छ तर आँपको छुट्टै, स्याउको छुट्टै, आरूको छुट्ै गर्न गाह्रो रहेको उहाँले बताउनुभयो । जति बाली छन्, त्यति नीति नै नियम बनाउनुपर्ने भएकाले बालीको बीमा झन्झटिलो रहेको उहाँले बताउनुभयो । उहाँले किसानलाई कृषि बीमाप्रति आकर्षित गर्नका लागि सरकारले जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

गाेर्खापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.