DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आन्तरिक रेमिट्यान्स कारोबारमा कडाइ


  • फाल्गुन १९, २०७८
  • 205 Views
आन्तरिक रेमिट्यान्स कारोबारमा कडाइ image

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको कारोबारमा कडाइ गरेको छ । केन्द्रीय बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने व्यवस्था गरेको हो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था थियो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको कारोबारमा कडाइ गर्ने संकेत गरेको थियो । त्यसैअनुरुप बुधबार राष्ट्र बैंकले निर्देशन जारी गरेको होे । निर्देशनमा भनिएको छ, “विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सब–रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा उक्त सीमालाई फागुन १८ गतेदेखि लागू हुने गरी अधिकतम २५ हजार रुपैयाँ कायम गरिएको छ ।”

तर, विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी)लाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ । कोरोना महामारीका कारण गत वर्ष रोजगारी गुमाएर लाखौं नेपाली कामदार स्वदेश फर्किंदा पनि रेमिट्यान्सको आयमा कमी आएको थिएन । तर, चालू आर्थिक वर्षको साउनदेखि नै रेमिट्यान्स घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरूले क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यवसायमा लगानी गरेका कारण रेमिट्यान्स घटेको हुन सक्ने अनुमान छ । आन्तरिक बजारमा पनि क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यवसायमा रेमिट्यान्सको प्रयोग भएको आशंका गरेर राष्ट्र बैंकले कडाइ गरेको हो ।

गत आर्थिक वर्ष २०७७-०७८ मा ९ खर्ब ६१ करोड रेमिट्यान्स आएको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ६८ अर्ब ४५ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । जसका कारण विदेशी मुुद्रा सञ्चितीमा पनि दबाब परेको छ ।

नेपाल र गन्तव्य मुलुकमा कोभिड सहज भएसँगै हुन्डीमार्फत रेमिट्यान्स आउने क्रम बढेका कारणले आन्तरिक रुपमा पनि रेमिट्यान्सको कारोबारमा राष्ट्र बैंकले कडाइ गरेको हो ।

काराेबार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.