भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भोजपुर गोल्डकप चैत १ देखि


  • फाल्गुन २९, २०७८
  • 321 Views
भोजपुर गोल्डकप चैत १ देखि image

भोजपुर । पाँचौ मेयर अन्तर्राष्ट्रिय भोजपुर गोल्डकप चैत पहिलो साता आयोजना हुने भएको छ। प्रतियोगितामा चर्चित आठ टोलीको सहभागिता रहने जनाइएको छ।

२०७० सालदेखि विभिन्न प्राविधिक र आर्थिक समस्याका कारण रोकिएको प्रतियोगिता गत वर्ष आयोजना गरिएको थियो। नकआउटका आधारमा खेलाइने प्रतियोगितामा बसाह क्लब उदयपुर, राष्ट्रिय जागृति क्लब सुनसरी, सताशीधाम स्पोर्टिङ क्लब झापा, अमुक्त परिवार पश्चिम बंगाल, सगरमाथा युथ एशोसिएसन मोरङ, गोर्खा ब्वाइज रुपन्देही, भगवती स्पोर्ट्स क्लब खोटाङ र आयोजक भोजपुर फुटबल क्लब गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

जिल्लामा खेल पर्यटनलाई टेवा पुर्‍याउँदै उदयीमान खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य अनुरुप प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवालले बताए। चैत १ गतेदेखि चैत ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले पाँच लाख नगद पुरस्कार पाउने छन्।

annapurnapost daily

 


Thali Mobile Pvt.Ltd.