भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्टेचरकै कमीले जान सक्छ ज्यान


  • माघ ४, २०८१
  • 270 Views
स्टेचरकै कमीले जान सक्छ ज्यान image

बझाङ । जयपृथ्वी राजमार्गबाट मात्र आधा घण्टाको दूरीमा रहेको बझाङको केदारस्युँ गाउँपालिका–१ डुडिल गाउँकी २१ वर्षीया खिना बोहरालाई आइतबार दिउँसोदेखि सुत्केरी व्यथाले च्याप्न थाल्यो। बिहे गरेको एक वर्षमै उनले छोरालाई जन्म दिइन्। तर समयमा नै उपचार नपाएका कारण आमा र शिशु दुवैको मृत्यु भएको खबर धेरैले पढेको हुनुपर्छ। सुत्केरी भएको एक घण्टासम्म बच्चातिर हेरेकी खिनाको रक्तस्राव भएको र बच्चाको पनि स्वास्थ्य अवस्था ठीक नभएको हुँदा दुवैको ज्यान गएको रायल प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब कमलकुमार मल्लले बताएका थिए।

प्रसवको समयमा रक्तस्राव हुने र मृत्यु हुने नयाँ घटना होइन। तर अहिलेको अवस्थामा पनि २१ वर्षको महिलाले समयमा सुरक्षित प्रसव गराउन नसकेकाले मृत्युवरण हुनु परेको खबर पक्कै दुस्खद् हो। प्रसव र रक्तस्रावसँग जोडिएका घटना थुप्रै छन्। ‘ताजमहल’का बारेमा धेरैलाई थाहा होला। भारतको आग्रामा रहेको ताजमहल, तत्कालीन सम्राट् सहजादले उनकी प्रिय श्रीमती मुम्ताजको सम्झनामा बनाएको थाहा नपाएका कमै हौंला।

तर मुम्ताजको मृत्यु किन भयो धेरैलाई थाहा नहोला। मुम्ताजको सातौं पटकको प्रसव भएको बेला अत्यधिक रक्तस्राव (पोस्टपार्टम हेमोरेज) का कारण मृत्यु भएको थियो। हाम्रो देशमा पनि प्रसव समयको रक्तस्रावसँग धेरै प्रसँग छन्। श्री ५ इन्द्रराज्य लक्ष्मीको मृत्यु पनि प्रसवका बेला अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको र सोही कारणले उनको र जग्गादाता दयावीरसिंह कंसाकारको परोपकार नामबाट थापाथलीमा प्रसूति गृह निर्माण गरिएको हो।

समय धेरै परिवर्तनशील छ, मातृ स्वास्थ्यमा पनि सुधार आएको छ। गर्भ एवं प्रसवलाई सुरक्षित बनाउन धेरै तयारी भएका छन्। अस्पताल र स्वास्थ्य केन्द्रहरू थपिएका छन्। आकस्मिक सेवाका लागि हेलिउद्धारसमेत हुने गरेका छन्। तर पनि मातृ मृत्युदर रोक्न सकिएको छैन। विश्व स्वास्थ्य संघको २०२४ अप्रिलको प्रतिदिन अनुसार सन् २०२० सम्ममा पनि विश्वमा करिब २ लाख ८७ हजार महिलाहरू गर्भ तथा प्रसवकै कारण मर्ने गरेका छन्।

सोको ९५ प्रतिशत संख्या विकासोन्मुख देशहरूबाट हुने गरेको जनाएको छ। यी मृत्युका प्रमुख कारण अत्याधिक रक्तस्राव, उच्च रक्तचाप र यसका जटिलता तथा संक्रमण रहने गरेको तथ्यांकहरूले देखाएका छन्। तर यसका पछाडि धेरै अन्य कारण हुन सक्छन्। कम उमेरमा विवाह गर्नु, कम उमेरमा नै बच्चा पाउनु, समयको दूरी नराखी अर्थात् तुरुन्त–तुरुन्त गर्भवती हुनु, खानपिनमा ध्यान नदिनु, गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्नुलगायत अनगिन्ती कारणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मातृ मृत्यु भएको पाइन्छ।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.